कसैले चाहँदैमा अब नेकपा कमजाेर हुँदैन – प्रधानमन्त्री अाेली

मूलखबर संवाददाता
काठमाडौं, १२ पुस

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के पी शर्मा अाेलीले नेकपा एउटन समृद्व वृक्ष बन्दै गरेकाले दुश्मनहरूले अात्तिएर विराेध गरेको बताउनुभएको छ ।

प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण समारोहलाई सम्वोधन गर्दै उहाँले हिजाे भाँचिएको, लाछिएका हाँगाहरू मिलेर अहिले नेकपाकाे रूपमा विशाल र समृद्ध वृक्ष बनेकाे बताउनुभएको हाे ।

उहाँले पार्टी एक भएपछि सबै एउटा डुङ्गामा चढेकाले त्यसलाई कुनै हातलमा पनि डुब्न नदिएर एउटा गन्तव्यमा पु¥याउने पनि बताउनुभयो । उहाँले विराेधिहरूकाे लहलहैमा लागेर अाफ्नै नेताहरूले पनि निराधार विराेध गर्ने गरेकोमा अापत्ती जनाउनुभयाे ।

कार्यक्रममा उहाले नेकपा आफ्नो गन्तव्यमा पुगेरै छाड्ने स्पष्ट पार्नुभयो । “डुङ्गामा प्वाल पार्दै जाने हो भने एउटा मात्र डुब्दैनन् । सबै डुब्छन् । जसले प्वाल पार्न खोजे पनि यो डुङ्गा प्वाल पार्न दिइने छैन । जसले यो डुङ्गा डुबाउन खोजे पनि डुबाउन दिइने छैन”, उहाँले भन्नुभयो, “यो डुङ्गालाई उल्टाउन खोजे पनि उल्टाउन दिइँदैन । डुङ्गा बीचमा डुबाउन खोजे पनि दिइने छैन । यो डुङ्गा हामीसँग ७० वर्ष अनुभव बोकेर खियाइएर चलाइएको डुङ्गा हो । धेरै बलिदानले सङ्घर्ष, कथा व्यथाले बनाइएकाले डुब्न दिइँदैन ।” उहाँले आजको सफलता शिखर नभई सफलताको शुरुआत मात्र भएको भन्दै जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार तय गर्ने बताउनुभयो ।

ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको उहाले बताउनु भयो । असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको प्रधानमन्त्री ओलीको भनाई छ । “छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ”, उहाँले भन्नुभयो, “मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर र जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ नी ।”

एकथरी कागजको डुङ्गा बनाएर चलाइरहँदा अर्कोथरीले जहाज चलाएर देखाएको भन्दै उहाँले निजी क्षेत्रका युवाले आफैँ प्रेरित भएर नारायणीमा जहाजको परीक्षण गरिसकेकामा खुशी व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले ओलीले भन्नुभयो, “अब हामीकहाँ गङ्गाबाटै सामान आइपुग्छ, देख्न सक्नेले देख्छ, देख्न नसक्नेका लागि मजाक हुन्छ, आएपछि उनीहरु आश्चर्य चकित हुन्छन् ।”

मुलुकको प्रगति रफ्तारमा गइरहेको जिकिर गर्दै उहाँले छिट्टै फलाम खानीको काम अगाडि बढाउँदै तेलखानीको अध्ययन गर्न लागेको जानकारी दिनुभयो । मुलुक सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगिसकेको र कृषिको आधुनिकीकरणमा सरकारले ध्यान दिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले ठूला महत्वपूर्ण काम भइसक्दा पनि मुलुकमा विरोध गर्ने एउटा लहर नै चलेको भन्दै त्यसलाई रोकेर स्थायीत्वका पक्षमा दृढताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उपलब्धि जनतामाझ लानसमेत उहाँले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता, सुशासन, शान्ति सुव्यवस्था, आर्थिक उन्नतिका हिसाबले सरकारले असाधारण प्रयास गरेको बताउँदै सरकारको कामलाई ओझेलमा पारेर विभिन्न ढङ्गले भ्रम पैदा गर्ने प्रयास भइरहेकाले सचेत हुन सबैमा आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीको नीतिअनुसार समाचार सम्प्रेषण गर्नसमेत आग्रह गर्नुभयो । “देशप्रति जिम्मेवार भएर सकारात्मक सोचका साथ एकताबद्ध भएर पार्टीका नीतिअनुसार सञ्चार क्षेत्रमा प्रतिक्रियावादीका दुष्चक्रलाई पार गर्नुहोस् भ्रमलाई चिर्नुस्”, उहाँले भन्नुभयो, “स्वच्छ, निष्पक्ष र सत्यका पक्षमा स्थिरता र स्थायित्वका पक्षमा काम गर्नुहोस् ।”