झन बढ्यो चिसो : काठमाडौंको तापक्रम ०.६ डिग्री, यस्तो छ देशभरको ३ दिनको मौसम

मूलखबर संवाददाता
काठमाडौं, १२ पुस ।

शनिबार बिहान काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार बिहान ६ बजे काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस पुगेको हो । शनिबार बिहान मापन गरिएको काठमाडौंको तापक्रम यो वर्षकै कम हो ।

यसअघि बिहीबार काठमाडौंको तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसमविद् शान्ति कँडेलका अनुसार चिसो बढ्ने क्रम जारी रहेकाले काठमाडौंलगायत देशभरको तापक्रम अझै न्यून बिन्दुमा पुग्न सक्ने सम्भावना रहेको छ ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभए पनि तराई भूभागमा हुस्सु लागेको छ । तराईमा आउँदो २४ घण्टासम्म बाक्लोहुस्सुरकुहिरो रहने हुनालेराम्रो सँग घाम नलाग्ने मौसमविद्‌ले बताएका छन् ।चिसोबाट बच्न रयात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन मौसमविद्‌ले सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसारआगामी तीन दिनको मौसम यस्तो रहनेछ

पौष १२गते (शनिबार)

दिउँसो : देशभर मौसम सामान्यतयासफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफारहनेछ।

पौष १३गते (आइतबार)

दिउँसो : देशभर मौसम सामान्यतयासफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफारहनेछ।

पौष १४गते (सोमबार)

दिउँसो : देशको पूर्वी पहाडीभभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमी पहाडीभूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।यो खबर कान्तिपुरमा छ ।