
काठमाडौंमा आजसम्मकै चिसाे : ०.९ डिग्री
काठमाडौं उपत्यकाको आज विहान ८ बजेर ४५ मिनेटको तापक्रम ०.९ डिग्री मापन भएको छ । बुधबार न्यूनतम तापक्रम २.९ मापन भएको काठमाडौंको तापक्रम बिहीबार घटेर ०.९ मा झरेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री रहेकोमा पौने ९ बजे गरिएको अर्को मापनमा अझै घटेर ०.९ पुगेको हो । यो तापक्रम काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । मौसमविद् सजिना शाक्यका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना देखिएको छ ।
महाशाखाको बिहीबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्लाको तापक्रम माइनस ७ डिग्री, डडेल्धुरामा १.७, वीरेन्द्रनगरमा २, दीपायलमा ३.५, ओखलढुंगामा ३.५ र ताप्लेजुङमा ४.४ सेन्टिग्रेड न्यूनतम तापक्रम रहेकोे छ ।
