पुस १९ गते सभामुखको निर्वाचन हुने : को होला सभामुख ? यस्तो छ स्थिति
प्रतिनिधिसभाको रिक्त रहेको सभामुख चयन आगामी १९ पुसमा हुने भएको छ । सभामुख चयन प्रकृया एकहप्ता पछि मात्रै आरम्भ हुने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका नेता देव गुरुङले बताउनुभएको हो ।
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौनजन्य दुव्र्यवहारको अभियाेग लागेपछि उहाँले पदबाट राजीनामा दिएपछि खाली भएको सभामुख पद अझैसम्म खाली नै छ । महरालाइ काठमाडौं जिल्ला अदालतले पुर्पक्षकाे लागि भन्दै डिल्लीबजार सदर खोर चलान गरेपछि उहाँको सभामुखमा पुनरागमन अन्त्य भएको छ भने उहाँको स्थानमा नयाँ सभामुख को आउने चर्चा चल्न थालिसकेको छ ।
सभामुख र उपसभामुख एकै दलको हुन नसक्ने संवैधानिक प्रावधानका कारण सभामुख नेकपाबाट बबनाउन उपसभामुखले राजीनामा गर्नुपर्ने बाध्यकारी अवस्थामा उपसभामुखले आफूले के पाउने भन्ने ज्ञारेन्टी नगरी राजीनामा नगर्ने अडान राख्नुभएको छ भने पार्टीले नेकपाबाट अन्इ कुन नेतालाई सभामुख बनाउने भन्ने विषयमा कुनै टुंगो लगाएको छैन । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष के पी ओली र पुर्व प्रधानमन्त्री तथा पार्टीको पूर्ण जिमेवारी सम्हालेका अध्यक्ष पुष्पकमल दाहालबीच यस विषयमा कुनै छलफल र निर्णय नभएको बुझिएको छ ।
नेकपामा पुर्व सहमति अनुरुप पुर्व माओवादी केन्द्रकै नेतालाई सभामुख बनाउनुपर्ने बाध्यता छ भने प्रचण्डलाई कार्यकारी अधिकार दिइसकेपछि सभामुख आफूले भनेको मान्छेलाइ बनाउने सोँच प्रधानमन्त्री ओली पक्षमा देखिएको छ । पुर्व एमाले तर्फबाट सभामुखको लागि दावेदार पुर्व सभामुख सुवास नेम्वाङ र वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेको अलावा रघु पन्तलाई पनि दावेदारको रुपमा प्रस्तुत गरेको पाइएको छ । पन्त माधव गुटका मानिन्छन् भने अन्य दुई भने केपी ओली गुटकै मानिन्छन् ।
पुर्व माओवादीबाट वर्तमान पूमूख सचेतक देव गुरुङ, पुर्व मन्त्री अग्नी सापकोटा, जनार्दन शर्मा, हरिबोल गजुरेल र पम्फा भुषाल सभामुखमा दावेदार देखिएका छन् । पुर्व माओवादीले सभामुख पाउनुपर्ने दावी सही भएको विश्लेषकहरुले बबताएका छन् । उनीहरुका अनुसार सम्माननीय पदहरुमध्ये पुर्व सहमतिअनुसार राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाको अध्यक्ष पुर्व एमालेलाई र उपराष्ट्रपति, सभामुख पुर्व माओवादीलाई दिनु नै एकताको कार्यान्वयन हुन्छ र पार्टी एकतालाई सबलीकरण गर्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि यस विषयमा गम्भीर चासो राखेको बुझिएको छ । उहाँले पुर्व एमालेबाटै सभामुख बनाउन प्रधानमन्त्री र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दबाव दिइरहेको बुझिन्छ । प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डले एकताको भाव अनुसार काम गर्न नसके एकतालाई नै कमजोर पार्ने नेकपाबा युवा नेताहरुले बताएका छन् ।
सभामुखको चयन वहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन पारित गर्ने विषयसँग पनि जोडिएको छ । महराको पक्राउ लगत्तै प्रधानमन्त्री के पी ओलीले महराले एमसिसि पारित गर्न नमानेकाले उनको सभामुख पद गएको भन्ने अभिव्यक्ति दिएपछि अब बन्ने सभामुखले एमसिसि जस्ताको त्यस्तै पारित गर्नुपर्ने अवस्था छ । त्यसको लागि पुर्व माओवादकिा नरम नेतालाई मात्रै सभामुख स्वीकार्न पुर्व एमालेको संस्थापन पक्ष मञ्जुर हने देखिन्छ ।
सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान अनुसार सबै दलहरुसँग सहमति खोज्नुपर्ने भएकाले प्रकृया केही ढिला भएको नेकपा सचेतक गुरुङको भनाई छ ।
समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताउनुभएको छ । सुविधाजनक दुई तिहाईको सरकारले चाहेको निर्णय गर्न सक्ने भन्दै उहाँले सभामुख र उपसभामुखमा आफ्नो दलको कुनै दाबी नरहेको बताउनुभएको हो ।
यसैगरी सत्तारुढ दल नेकपा र राजपाबीच भएको पछिल्लो सहमति अनुसार सभामुख वा उपसभामुख मध्ये एक आफूले पाउनुपर्ने दावी पनि राजपाको रहेको छ । तथापी उक्त विषय भने सहमतिमा कतै उल्लेख नभएकोले गर्दा राजपाले यस्तो दावी गर्नु नहुने विश्लेषकले बताए ।
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौंन दुव्र्यवहारको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । महराको राजीनामा सँगै सभामुख पद खाली रहेको छ ।