एमसिसि इण्डाे प्यासिफिक रणनीतिकाे अंग हाे भने अनुमाेदन गरिन्न – प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, ५ पुस

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता इन्डो प्यासिफिक स्टाट्रेजीको अंग भए अनुमोदन नगर्ने बताउनुभएकाे  छ ।

शुक्रबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी इन्डो प्यासिफिकको अंग नभएको पुष्टि भए मात्रै त्यसलाई अनुमोदन गर्ने बताउनुभएको हाे ।

नेकपा स्थायी समिति बैठकमा एमसीसी सम्झौतालाई लिएर अनुमोदन गर्नुपर्ने र अनुमोदन गर्न नहुने धारणा आएपछि बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीका बारेमा सरकारले अमेरिकी अधिकारीहरुसँग बुझ्ने र अगाडिको मार्ग तय गरिने स्पष्ट पार्नुभयाे ।

नेकपाको जारी स्थायी समितिको बैठकमा नेताहरुले एमसीसी अमेरिकाको इन्डो प्यासेफिक स्टाट्रेजीको अंग भएको भन्दै त्यसलाई संसदबाट अनुमोदन गर्न नहुने धारणा राखेका थिए । नेकपाभित्रको अन्यौलको कारण संसद दर्ता गरिएको सम्झौता अनुमोदन हुन सकेको छैन ।

तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै एमसीसी अनुमोदन हुने बताइसक्नुभएकाे थियाे । नेकपा बैठकमा देव गुरूङ, भीम रावल, लिलामणी पोखरेल, सहितका स्थायी समिति सदस्यहरुले अमेरिकी सैन्य गठबन्धनको अंग भएको भन्दै त्यसको अनुमोदन गर्न नहुने धारणा राखेका थिए ।

एमसिसि पारित गर्न नमानेको कारण सभामुख महरालाई षड्यन्त्र गरि फसाइएकाेे र सभामुखबाट हटाईएकाे समाचारहरू पनि अाईरहेका छन् ।