पिपिएल : चितवनको लगातार दोस्रो जित

मूलखबर संवाददाता
पोखरा, ४ पुस ।

चितवन राइनोजले नमस्ते पोेखरा प्रिमियर लिग ९पिपिएल०मा लगातार दोस्रो जित हात परेको छ । पोखरा रंगशालामा साबिक उपविजेता चितवनले बुटबल ब्लास्टर्समाथि ११९ रनको फराकिलो अन्तरले जित निकालेकोे हो । जितसँगै चितवन चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

चितवनले पहिलो ब्याटिङ गर्दै २० ओभरमा तीन विकेटको क्षतिमा २०३ रनको विशाल योगफल तयार गरेको थियो । प्रत्युत्तरमा बुटवलले १८।४ ओभरमा सबै विकेट गुमाएर ८४ रन मात्र बनायो । चितवनको यो योगफल पिपिएल इतिहासकै सर्वाधिक हो । यता बुटवलले समान एक जित र हारको सामना गरेको छ ।

चितवनका फास्ट बलर करण केसीले बुटवलविरुद्ध घातक बलिङ गरे । उनले ३/४ ओभरमा ११ रन खर्चिएर सर्वाधिक चार विकेट लिए । करणले आफ्नो स्पेलमा १७ पटक डटबल फ्याँके । उनले एक रन वाइड दिए । करणले बुटवलका ओपनर अतबुदिन अहमेद ९२० र शंकर राणा ९५० को विकेट लिँदै चितवनलाई योगफल रक्षा गर्नमा राम्रो सुरुवात दिलाए ।

बुटबलले पहिलो तीन विकेट गुमाउँदा स्कोर बोर्डमा १० रन मात्र बनाएको थियो । करणले हरि चौहान ९१२० र विपिन खत्री ९१० को विकेट लिए । यसबाहेक चितवनका लागि रोहन मुस्तफा पाँच रन खर्चिएर दुई विकेट लिन सफल भए ।