भुमि रक्षाका लागि अभियानले सडक अन्तरकृया गर्दै

मूलखबर संवाददाता
काठमाडौं

नेपाली भूमि रक्षाका लागि हाम्रो अभियान नामक सस्थाले भारतीय पक्षले गरेकाे सिमा अतिक्रमणको विरूद्व सडक अन्तरक्रिया अायाेजना गर्ने भएको छ ।

संस्थाकाे अायाेजनामा राजधानी काठमाडौंमा विभित्र कार्यक्रम सम्पन्न भईसकेकाे जानकारी गराउँदै पुस ५ गते भक्तपुरकाे सुर्यविनायकमा सडक अन्तरक्रिया अायाेजना गरिएको अायाेजक संस्थाले जनाएको छ ।

सडक अन्तर्क्रिया कार्यक्रममा हिरण्यलाल श्रेष्ट, कमल बराल लगायत विशिष्ट ब्यक्तित्वहरु साथमा कलाकार प्रदिप देवान, ऋषि अधिकारी लगायत बिशिष्ट कलाकारकाे सहभागिता रहने बताइएकाे छ ।