प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वाङ्दो पुस ४ र ५ गतेबाट
प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने भएको छ ।
पुस ४ र ५ गतेबाट खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । तेक्वाङ्दोका मुख्य प्रशिक्षक कविराज मालीका अनुसार प्रतियोगितामा १३ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहनेछ । ५५ वटा स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा फाइटतर्फ ४७ र पुम्सेमा ७ पदक रहेका छन् ।
नागदह तेक्वाङदो डोजाङ्गको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।