नेकपाको स्थायी समिति बैठक शुरु : अध्यक्ष प्रचण्डद्वारा राजनैतिक प्रतिवेदन पेश गर्दै

मूलखबर संवाददाता
काठमाडौं, २९ मंसिर ।

सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक एक वर्ष पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ । पार्टी एकतापश्चात बसेको यो दोश्रो स्थायी समिति बैठक हो ।

ठिक एक वर्ष अगाडि आजकै दिन बैठक बसेपछि स्थायी समिति बैठक हुन सकेको थिएन । पार्टीका सबै तहको एकीकरण सम्पन्न् भएपश्चात पार्टीको पूर्ण जिम्मेवारी लिएका दुई मध्ये एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समित बैठक आयोजना गर्ने निर्णय लिनुभएको थियो ।

अध्यक्ष प्रचण्डको अध्यक्षतामा शुरु भएको स्थायी समितिको बैठकमा स्वास्थ्य लाभ गरिरहनुभएको अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकको उपस्थिति रहेको छैन ।

आजै विहान सम्पन्न सचिवालय बैठकले स्थायी समितिको बैठकको एजेण्डा तय गरेको थियो । स्थायी समितिको बैठकमा सचिवालय सदस्यहरु र स्थायी समितिका सदस्यहरु सहभागि रहेका छन् । बैठकमा पहिलो एजेण्डा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने रहेको छ । जसको लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी वलीसँग प्रचण्डले परामर्श पमर्श गरेर अन्तिम रुप दिनुभएको जनाइएको छ ।

त्यसैगरी स्थायी समितिको दोश्रो एजेण्डा विधान शंसोधन, तेश्रो एजेण्डा नेपाल भारत सिमा समस्याबारे र चौथो एजेण्डा आगामी केन्द्रीय समितिको बैठकको विषय रहेका छन् । स्थायी समिति बैठक कति दिन चल्छ भन्ने बारे जानकारि गराइएको छैन । तर अध्यक्ष प्रचण्ण्डले दस्तावेज प्रस्तुत गर्ने र सो उपर स्थायी समितिहरुले अध्भ्ययन र छलफल गर्ने कायृक्रम रहेकाले आजै बैठक सकिने स्थिति भने देखिँदैन ।