यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नेकपा सचिवालय बैठकले तय गर्यो स्थायी समिति बैठकका एजेण्डा, यस्ता छन् एजेण्डा. सन्तोष पौडेल काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले आजैबाट बस्न लागेको स्थाय समितिको बैठकको एजेण्डा तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान सम्पन्न बैठकले आजैबाट शुरु हुन लागेको स्थायी समितिको बैठकका एजेण्डा तय गरेको जानकारी प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई दिनुभएको छ ।. प्रबक्ता श्रेष्ठले आजको बैठकमा पार्टी अध्यक्ष एवं स्वास्थ्य लाभ गरिरहनुभएका प्रधानमन्त्री के पी शर्मा ओली पनि सहभागि हरनुभएको र उहाँले आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराउनुभएको बताउनुभयो । ‘प्रधानमन्त्रीले स्वास्थ्यमा तिब्र रुपमा सुधार भइरहेको जानकारी गराउनुभयो, बैठकले तिब्र र सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।’ प्रबक्ता श्रेष्ठले प्रधानमन्त्रीलाई उद्धृत गर्दै जानकारी दिनुभयो ।. त्यसैगरी प्रबक्ता श्रेष्ठले आजको सचिवालय बैठकले स्थायी समितिको बैठकको एजेण्डा तय गरेको बताउँदै एजेण्डामा आगामी केन्द्रीय समितिको बैठक देखि भारतद्धारा गरिएको नेपाली भुमिमाथिको अतिक्रमण्का विषय पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, आजको बैठक विशेष गरेर आजैबाट शुरू हुने स्थायी समितिको एजेण्डा तय गर्ने विषयमा आयोजना गरिएको थियो ।. श्रेष्ठका अनुसार स्थायी समितिको बैठकको पहिलो एजेण्डा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने रहेको र त्यसको लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी वलीसँग परामर्श गर्ने कुरा भएको छ । त्यसैगरी स्थायी समितिको दोश्रो एजेण्डा विधान शंसोधन, तेश्रो एजेण्डा नेपाल भारत सिमा समस्याबारे र चौथो एजेण्डा आगामी केन्द्रीय समितिको बैठकको विषय रहेका छन् । स्थायी समितिको बैठक आज १ बजे धुम्बाराहीमा बस्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।.
नेकपा सचिवालय बैठकले तय गर्यो स्थायी समिति बैठकका एजेण्डा, यस्ता छन् एजेण्डा
सन्तोष पौडेल
काठमाडौं, २९ मंसिर ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले आजैबाट बस्न लागेको स्थाय समितिको बैठकको एजेण्डा तय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान सम्पन्न बैठकले आजैबाट शुरु हुन लागेको स्थायी समितिको बैठकका एजेण्डा तय गरेको जानकारी प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई दिनुभएको छ ।
प्रबक्ता श्रेष्ठले आजको बैठकमा पार्टी अध्यक्ष एवं स्वास्थ्य लाभ गरिरहनुभएका प्रधानमन्त्री के पी शर्मा ओली पनि सहभागि हरनुभएको र उहाँले आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराउनुभएको बताउनुभयो । ‘प्रधानमन्त्रीले स्वास्थ्यमा तिब्र रुपमा सुधार भइरहेको जानकारी गराउनुभयो, बैठकले तिब्र र सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।’ प्रबक्ता श्रेष्ठले प्रधानमन्त्रीलाई उद्धृत गर्दै जानकारी दिनुभयो ।
त्यसैगरी प्रबक्ता श्रेष्ठले आजको सचिवालय बैठकले स्थायी समितिको बैठकको एजेण्डा तय गरेको बताउँदै एजेण्डामा आगामी केन्द्रीय समितिको बैठक देखि भारतद्धारा गरिएको नेपाली भुमिमाथिको अतिक्रमण्का विषय पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो , आजको बैठक विशेष गरेर आजैबाट शुरू हुने स्थायी समितिको एजेण्डा तय गर्ने विषयमा आयोजना गरिएको थियो ।
श्रेष्ठका अनुसार स्थायी समितिको बैठकको पहिलो एजेण्डा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने रहेको र त्यसको लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी वलीसँग परामर्श गर्ने कुरा भएको छ ।
त्यसैगरी स्थायी समितिको दोश्रो एजेण्डा विधान शंसोधन, तेश्रो एजेण्डा नेपाल भारत सिमा समस्याबारे र चौथो एजेण्डा आगामी केन्द्रीय समितिको बैठकको विषय रहेका छन् । स्थायी समितिको बैठक आज १ बजे धुम्बाराहीमा बस्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।
https://www.facebook.com/suresh.k.shrestha.5/videos/10220828441930519/?t=2