१० दिनपछि प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १९ मङ्सिर

अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार महराजगञ्जस्थित मनमोहन काडिर्योभास्कुलर सेन्टरबाट उहाँ दिउँसो ३.०० बजे डिस्र्चार्ज हुनुभएको हो ।

१० दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो ३: ३० बजे डिस्चार्ज हुनुभएको हो ।

एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते भर्ना भएका ओली स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि आज बिहीबार बालुवाटार फर्किनु भएको हो ।

डिस्चार्ज भएर जाँदै गर्दा प्रधानमन्त्रीओलीले हाँस्दै भन्नुभयो ‘म स्वास्थ्यमा सुधार भएर राम्रो भएर अस्पतालबाट डिस्चार्ज भएर घर जाँदै छु।’

उहाँलाइ एपेन्डिसाइटिसको समस्या भए पछि अघिल्लो मंगलबार उपचारका लागि महराजगञ्जस्थित मनमोहन काडिर्यो भास्कुल सेन्टरमा भर्ना गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गर्नुभएको थियो ।

अस्पतालमै उहाँको मृगौलाको डायलासिस पनि गरिएको थियो ।