यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
संविधानले दिएको अधिकार कार्यान्वयमा प्रतिवद्ध बनौं : उपराष्ट्रपति पुन. संविधानले दिएको अधिकार कार्यान्वयमा प्रतिवद्ध बनौं: उपराष्ट्रपति पुन. मूलखबर संवाददाता काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।. एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचान सहित मर्यादा र आत्म सम्मानपुर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिस्चितता गरेको बताउनुभयो ।. उहाँले अपाङ्गता भएका मानिसहरुको मानव अधिकार र सुरक्षित जीवनको सुनिस्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरीपनि स्टिफन हकिङ जस्ता महान व्यक्तिहरुको जन्म हुने बताउनुभयो । पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिसहरु फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणना अनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेको छ ।.
संविधानले दिएको अधिकार कार्यान्वयमा प्रतिवद्ध बनौं : उपराष्ट्रपति पुन
मूलखबर संवाददाता
काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचान सहित मर्यादा र आत्म सम्मानपुर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिस्चितता गरेको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका मानिसहरुको मानव अधिकार र सुरक्षित जीवनको सुनिस्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरीपनि स्टिफन हकिङ जस्ता महान व्यक्तिहरुको जन्म हुने बताउनुभयो । पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिसहरु फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणना अनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेको छ ।