१३ औं साग : १५ स्वर्ण एकै दिन जित्यो नेपालले, पदक विजेताको नामसहित

मूलखबर संवाददाता
काठमाडौं, १६ मंसिर

१३ औं दक्षिण एसियाली खेलकुद (साग) जारी छ । मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्य समारोहका बीच शुरु भएको सागको पहिलो दोश्रो दिन भएको प्रतियोगितामा आयोजक राष्ट्र नेपालले १५ वटा स्वर्ण पदक जित्न सफल भएको छ।

नेपालले कराँतेतर्फ सातवटा, तेक्‍वान्दोमा पाँचवटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक जित्न सफल भएको हो। यो जितसँगै नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ।

नेपालका लागि कराँतेतर्फ मण्डेकाजी श्रेष्ठ र तेक्‍वान्दोदर्फ आयशा शाक्यले २/२ वटा स्वर्ण पदक जित्न सफल भएका छन् । सागमा पहिलो स्वर्ण पदक कराँतेको पुरुष एकल कातातर्फबाट मण्डेकाजी श्रेष्ठले जिताएका हुन् । मन्डेकाजीले २५.७२ अंकसहित नेपाललाई कराँतेतर्फ १३ औं सागको पहिलो स्वर्णपदक जिताए। जसमा पाकिस्तानका निमातुल्लाहले २४.९२ अंकसहित रजत पदक जिते।

नेपालका लागि मन्डेकाजीले व्यक्तिगत स्पर्धा र समूहमा दुईवटा स्वर्ण पदक जित्न सफल भएका छन्।
सातदोबाटोस्थित कराँते हलमा सोमबार भइरहेको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण महर्जनको टोलीले २५.५४ अंक बटुल्दै स्वर्ण पदक जित्यो। फाइनलमा श्रीलंकालाई हराएर नेपाली टोलीले स्वर्णपदक चुमेको हो।

नेपालले कराँतेको महिला टिम कातातर्फ पनि स्वर्ण जितेको छ। नेपालले २४.८८ अंकसहित स्वर्ण पदक जितेको हो। नेपालले फाइनल भिडन्तमा पाकिस्तानलाई हराएको हो। नेपालका लागि सरु कार्की, निर्मला तामाङ र संगीता मगरले स्वर्ण जिताएका हुन्। नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेर स्वर्ण जितेको हो।

नेपालका लागि कराँतेतर्फ लक्ष्मण तामाङले चौथो स्वर्ण पदक जित्न सफल भएका छन्। ५५ केजी तौल समूहतर्फ नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका हुन्। उनले फाइनल भिडन्तमा बंगलादेशका मोहम्मद मोस्ताफालाई हराउँदै स्वर्ण चुमेका हुन्। लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नकुल सिरियाजकलाई हराएका थिए।

त्यस्तै बंगलादेशी खेलाडी मोस्ताफाले पाकिस्तानका मुरद खानलाई हराउँदै फाइलन प्रवेश गरेका थिए। विप्लवलाललाई स्वर्ण कराँतमै विप्लवलाल श्रेष्ठले स्वर्ण पदक कराँतेतर्फको ८४ केजी समूहमा नेपालका लागि विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।

सातदोबाटोस्थित कराँते हलमा भएको फाइनल प्रतिस्पर्धामा विप्लवलालले पाकिस्तानका मोहम्मद बाजलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। स्वर्ण जित्ने क्रममा विप्लवलालले सेमिफाइनलमा श्रीलंकाका माग्गोना गमरललएजलाई पराजित गरेका थिए।
योसँगै नेपालले कराँतेबाट पाँचवटा स्वर्ण पदक जितेको छ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फ नेपाललाई अनु अधिकारीले सातौँ स्वर्ण पदक जिताइन्। नेपालका लागि अनुले कराँतेतर्फ सातौँ स्वर्ण पदक जिताउन सफल भएकी हुन्।

त्यसैगरि कराँतेकै ४५ केजीतर्फ नेपालकी कुसुम खड्काले छैटौँ स्वर्ण पदक जितेकी छन्। ४५ केजी महिला कराँतेमा कुसुमले बंगलादेशकी खेलाडी मौनजिरा बोर्नालाई हराउँदै स्वर्ण पदक जितेकी हुन्।

चन्चला दनुवारले करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन्। चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन्। स्वर्ण जित्न सफल पाकिस्तानकी साइदाले २५.२८ अंक ल्याइन्।

तेक्‍वान्दोमा पनि ७ स्वर्ण

नेपालले अहिलेसम्म तेक्‍वान्दोबाट ६ वटा स्वर्ण पदक जितेको छ। नेपालका लागि तेक्‍वान्दोतर्फ सिना लिम्बूले नेपाललाई स्वर्ण पदक दिलाएकी छन्। सिनाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्‍न सफल भएकी हुन्। यो स्पर्धामा सिनाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन्।

त्यसैगरी कमल श्रेष्ठले तेक्‍वान्दोतर्फकै पुम्सेको पुरुष एकलबाट स्वर्ण पदक जितेका छन्। तेक्‍वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका हुन्।

आयशालाई दुई स्वर्ण

नेपालकी भेट्रान तेक्‍वान्दो खेलाडी आयशा शाक्यले दुईवटा स्वर्ण पकद जितेकी छन्। उनले २९ वर्षमाथिको समूहमा पहिलो स्वर्ण पदक जितेकी छन्। त्यसपछि आयशाले तेक्‍वान्दोको जोडीतर्फबाट सञ्जीवकुमार ओझासँग मिलेर अर्को स्वर्ण जितिन्।
नेपालका लागि पार्वती गुरुङले तेक्‍वान्दोमा स्वर्ण पदक जितेकी छन्। उनले २३ वर्षमाथि र २९ वर्षमुनिको समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्।

टिम इभेन्टमा पनि स्वर्ण दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्‍वान्दोतर्फ नेपालले अर्को स्वर्ण पदक जितेको छ। नेपालका लागि छैटौं स्वर्ण पदक महिलाले टिम इभेन्टबाट जितेका हुन्। नेपालका लागि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट स्पर्धाबाट अर्को स्वर्ण पदक थपेका हुन्।

तेक्‍वान्दोमा टिम इभेन्टमा स्वर्ण

तेक्‍वान्दोतर्फ नेपालले सातौँ स्वर्ण पदक जितेको छ। नेपालका लागि सातौँ स्वर्ण पदक महिलाको टिम इभेन्टबाट जितेका हुन्। नेपालका लागि २३ वर्षमाथिको स्पर्धामा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीलाई राईले स्वर्ण पदक जिताएका हुन्।

ट्रायथोलनबाट सोनीलाई स्वर्ण

साग अन्तर्गत पोखरामा भएको ट्रायथोलनको ईलाइट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जित्न सफल भएकी छन्।

यस्तै दौडमा पहिलो हुँदै सोलीले स्वर्ण जितेकी हुन्। यो स्पर्धामा रजत र कास्य पदक भारतले जितेको छ। सागमा ट्रायथोलनबाट नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो।

पुरुषतर्फ नेपालका वसन्त थारुले कास्य पदक जितेका छन्। स्वर्ण र रजत दुवै पदक भारतीय खेलाडीको पोल्टामा गयो।

स्वर्ण पदक विजेताहरु

१ कराँते (एकल काता)- मण्डेकाजी श्रेष्ठ
२ कराँते (टिम काता, महिला)
३ कराँते (टिम काता, पुरुष)
४ कराँते (५५ केजी)- लक्ष्मण तामाङ
५ तेक्‍वान्दो पुम्से (२३(२९ वर्ष)-  कमल श्रेष्ठ
६ तेक्‍वान्दो पुम्से (१७-२३ वर्ष) सिना मादेन लिम्बु
७ तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष) पार्वती गुरुङ
८ तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि) आयशा शाक्य
९ ट्रायथलोन- सोनी गुरुङ
१० तेक्‍वान्दो- पार्वती गुरुङ
११ कराँते- विप्लव श्रेष्ठ
१२ कराँते- अनु अधिकारी
१३ कराँते- कुसुम खड्का
१४ तेक्‍वान्दो पुम्से- आयशा शाक्य र सञ्जीवकुमार ओझा
१५ तेक्‍वान्दो (२३ वर्षमाथिको टिम इभेन्ट)