यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
कास्की २ मा अत्यधिक मतान्तरले नेकपाकी विद्या भट्टराई विजयी. मूलखबर संवाददाता काठमाडौं, १५ मंसिर कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी उम्मेदवार अत्याधिक मतसहित विद्या भट्टराई विजयी बन्नुभएकाे छ । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेेेेदवार खेमराज पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गर्दै उहाँले विजय हासिल गर्नुभएकाे हाे । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन भने पौडेलले १५ हजार ९८६ मत ल्याएका हुन् ।. निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११ सय ५३ र साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।. विजयी भट्टराईले अाफ्नाे जितलाई पति रविन्द्र अधिकारीकाे सम्मान भन्दै सम्पूर्ण मतदाता र सहयाेगीहरूलाई धन्यवाद र अाभार व्यक्त गरेकी छिन् ।. नेपाली काँग्रेसका प्रत्याशी खेमराज पाैडेलले विजयी भट्टराईलाई बधाई दिँदै अाफ्नाे साथ र सहयाेग रहने बताएका छन् ।.
कास्की २ मा अत्यधिक मतान्तरले नेकपाकी विद्या भट्टराई विजयी
मूलखबर संवाददाता
काठमाडौं, १५ मंसिर
कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी उम्मेदवार अत्याधिक मतसहित विद्या भट्टराई विजयी बन्नुभएकाे छ । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेेेेदवार खेमराज पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गर्दै उहाँले विजय हासिल गर्नुभएकाे हाे । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन भने पौडेलले १५ हजार ९८६ मत ल्याएका हुन् ।
निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११ सय ५३ र साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।
विजयी भट्टराईले अाफ्नाे जितलाई पति रविन्द्र अधिकारीकाे सम्मान भन्दै सम्पूर्ण मतदाता र सहयाेगीहरूलाई धन्यवाद र अाभार व्यक्त गरेकी छिन् ।
नेपाली काँग्रेसका प्रत्याशी खेमराज पाैडेलले विजयी भट्टराईलाई बधाई दिँदै अाफ्नाे साथ र सहयाेग रहने बताएका छन् ।