भक्तपुरमा कांग्रेस विजयी, नेकपामा धोका ! नेकपाका प्रत्याशी ढकालले दिए बधाई

मूलखबर संवाददाता
भक्तपुर, १५ मंसिर

भक्तपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेसका उम्मेदवाले विजय हाँसिल गरेका छन् । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार देविप्रसाद ढकाल लाई पराजित गर्दे भँडेल विजयी भएका हुन् । नेकपा र नेमकिपालाई पछाडि पार्दै कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँलले १३ हजार ४४९ मत ल्याएर विजयी हुनुभएको हो ।

उपनिर्वाचनमा निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डि.पि. ढकालले ११ हजार २०६ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका उम्मेदवार निरज लवजूले ५ हजार ८२९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेका छन् ।

२०७४ सालमा भएको चुनावमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी हुनु भएको थियो भने काँग्रेसका जीवन खत्रीले ९ हजार ९७७ मत र नेमकिपाका निरज लवजुले ७ हजार १९ मत प्राप्त गर्नु भएको थियो । लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपचुनाव भएको हो ।

चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नं। १० गरी कूल १० वटा वडामा भएको उपचुनावमा ७१।१७ प्रतिशत मत खसेको थियो ।
२१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी जम्मा ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी जम्मा ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।

भक्तपुरमा नेकपाको हारलाई धोका भएको रुपमा चित्रित गरिएको छ । पुर्व एमाले र पुर्व माओवादी एकतापश्चात भएको निर्वाचनमा अघिल्ले पटक भन्दा करिब २ हजार मत कम आउनुलाई आन्तरिक विश्वासघात नै मान्नुपर्ने पुर्व माओवादी सँग सम्बन्धीत युवाहरुले बताएका छन् ।
प्रत्याशी र निर्वाचनमा विजयको सुनिश्चितताको अवस्थामा रहेका उम्दवार ढकालले निर्वाचन परिणाम सार्वजनीक भए लगत्तै विजयी कांग्रेस उम्मेदवारलाई बधाई दिँदै आम मतदातालाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले भक्तपुरको विका र समृद्धिमा सधैं सँगै रहने प्रतिवद्धता पनि जनाएका छन् ।
उम्मेदवार घोषणा भएपछि ढकालको विरुद्धमा नेपामा जनमत सिर्जना गर्न खोजिएको तथा जिल्ल कार्यलयमा तालावन्दी समेत गरिएको थियो ।