
कास्की २ मा नेकपाको अग्रता, कांग्रेस ११ सय मतले पछाडि
पुर्व मन्त्री तथा कास्की प्रतिनिधि सभा २ का सदस्य रविन्दै अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रित्तः रहेको स्थानमा मंसिर १४ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भीक मत गणनाअनुसार नेकपाकी उम्मेदवार तथा रविन्दै पत्नी विद्या भट्टराई अधिकारी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल भन्दा ११ सय मतले अगाडि छिन् ।
उत्त क्षेत्रको निर्वाचनमा ६ हजार मत गणना भएकामा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले कांग्रेस उम्मेदवारलाई एक हजारभन्दा बढी मतले पछि पारेकी हुन् ।
प्राप्त पछिल्लो गणनाअनुसार सूर्यमा ३२७६ मत खसेको छ भने रुखमा २११५ मत खसेको देखिएको छ । यसैगरी सो क्षेत्रमा राप्रपाको गाईमा ४७, कलम १, करुवा ७, शंख ४, हात ३५, तराजु ३१ र हलोमा ६ मत खसेको छ ।
