नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

मूलखबर संवाददाता
काठमाडौं, ५ मंसिर

नवनियुक्त ९ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री ककेपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले बुधबबार राती नियुक्त गरेका ६ मन्त्री र ३ राज्यमन्त्रीले विहिबार विहान शितल निवासस्थित राष्ट्रपति भवनमा सपथ लिएका हुन् ।
मन्त्रीहरुलाई राष्ट्रपति भण्डारी र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले सपथ खुवाउनुभएको हो ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन् ।

नवनियुक्त मन्त्रीहरुमा हृदयस त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन् ।

त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाल कृषि तथा पशुपन्छी विकास, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात र गुरुङ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी तीनजना नयाँ राज्यमन्त्री राज्यमन्त्रीहरूमा मोतीलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति, नवराज रावतले स्वास्थ्य तथा जनसङ्ख्या र रामवीर मानन्धर रहेका छन् ।