यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नेकपा अध्यक्ष प्रचण्ड र बंगलादेशी राष्ट्रपति हमीदबीच भेटवार्ता, हमिदले गरे प्रचणडकाे प्रशंसा. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । राजधानीस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको थियो ।. अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमात्कारको अनुभूति भएको बताउनुभयो । यस्तो अवसर राजनीतिमा नेताहरूले विरलै पाउने उहाँको भनाई थियो । सो अवसरमा अध्यक्षले नेपालको राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नो धोको रहेको बताउनुभयो ।. नेपाल बंगलादेशका महामहिम राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै उच्च प्रशंसा गर्नुभयो । यस्तै महामहिम राष्ट्रपतिबाट आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल अत्यन्त सुन्दर मुलुक भएको धारणा व्यक्त गर्नुभयो ।. नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति हमिदले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकताप्रति कृतज्ञता व्यक्त गर्नुभयो । यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयॉ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।.
नेकपा अध्यक्ष प्रचण्ड र बंगलादेशी राष्ट्रपति हमीदबीच भेटवार्ता, हमिदले गरे प्रचणडकाे प्रशंसा
मूलखबर संवाददाता
काठमाडौं, २७ कात्तिक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । राजधानीस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमात्कारको अनुभूति भएको बताउनुभयो । यस्तो अवसर राजनीतिमा नेताहरूले विरलै पाउने उहाँको भनाई थियो । सो अवसरमा अध्यक्षले नेपालको राजनीतिक परिवर्तनबारे बंगालदेशका नेताहरूलाई व्याख्या गर्ने आफ्नो धोको रहेको बताउनुभयो ।
नेपाल बंगलादेशका महामहिम राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै उच्च प्रशंसा गर्नुभयो । यस्तै महामहिम राष्ट्रपतिबाट आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल अत्यन्त सुन्दर मुलुक भएको धारणा व्यक्त गर्नुभयो ।
नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति हमिदले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकताप्रति कृतज्ञता व्यक्त गर्नुभयो । यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयॉ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।