यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
हुम्लामा १७ प्रतिशतले बढ्यो अर्गानिक स्याउको उत्पादन. मूलखबर संवाददाता हुम्ला, २७ कात्तिक । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा यस वर्ष १७ प्रतिशतले अर्गानिक स्याउको उत्पादनमा वृद्धि भएको छ । स्याउ फुल्ने बेलामा हावाहुरी र असिना नपर्नु तथा आवश्यक परेका बेला पानी परेको कारण स्याउको उत्पादनमा वृद्धि भएको हो । ३५० बोट स्याउ लगाएर फल्न थालेका सिमकोट गाउँपालिका–४ की वसन्ती शाहीले यसपालि ५० क्विन्टल स्याउ उत्पादन भएको बताइन् ।. गत वर्षभन्दा उनको फार्ममा स्याउ बढी फलेका थिए । अहिले उक्त स्याउ शाहीले केही सुकुटी बनाएर राखेकी छन् भने बाँकी बोरामा राखेर थन्क्याएकी छन् । शाहीका २० बोट स्याउबाहेक अन्य सबै बोटमा स्याउ राम्रो फलेको थियो ।. यता २५० बोट स्याउ फलाउँदै आएकी सिमकोट–५ की पाटकला रावतले पनि यसपालि गत वर्षभन्दा बढी स्याउ फलेको अनुभव सुनाइन् । उनले ३० क्विन्टलभन्दा बढी स्याउ थन्क्याएकी छन् । सिमकोट बजारमै उनले स्याउ भण्डारण गरेको कारण हाल स्याउ बिक्री भएको छैन ।. हुम्लामा स्याउ उत्पादन बढ्दै गएको छ । यो क्रम अब बर्सेनि जारी रहने उद्योग वाणिज्य सङ्घ हुम्लाका उपाध्यक्ष रामबहादुर भण्डारीले बताए । हरेक वर्ष स्थानीयहरूले स्याउ लगाउने क्रम जारी राख्दै आएका छन् । यस वर्ष हुम्ला जिल्लामा गत वर्षभन्दा १७ प्रतिशत स्याउ उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका प्रमुख चन्द्रभूषण झाले बताए । हुम्ला जिल्लामा चालू आर्थिक वर्षमा २८४ हेक्टर जमिनमा लगाएका स्याउबाट उत्पादन आउन थालेको र यसमा लगाइएका स्याउबाट दुई हजार ५९३ मेट्रिक टन स्याउ उत्पादन भएको विवरण गाउँपालिकाबाट आएको उनले जनाए । गत वर्ष २७० हेक्टरमा खेती गरिएकोमा त्यसबाट दुई हजार १६० मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।. गत वर्षभन्दा ४३३ मेट्रिक टन स्याउ बढी उत्पादन भएको देखिन्छ । यस वर्ष स्याउको उत्पादकत्वको अवस्था नौ दशमलव १३ रहेको प्रमुख झाले बताए । एक हेक्टर जमिनमा ३५० बोट स्याउ रोप्न सकिने समाचार आजको गोरखापत्र दैनिकमा छ ।.
हुम्लामा १७ प्रतिशतले बढ्यो अर्गानिक स्याउको उत्पादन
मूलखबर संवाददाता
हुम्ला, २७ कात्तिक ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा यस वर्ष १७ प्रतिशतले अर्गानिक स्याउको उत्पादनमा वृद्धि भएको छ । स्याउ फुल्ने बेलामा हावाहुरी र असिना नपर्नु तथा आवश्यक परेका बेला पानी परेको कारण स्याउको उत्पादनमा वृद्धि भएको हो । ३५० बोट स्याउ लगाएर फल्न थालेका सिमकोट गाउँपालिका–४ की वसन्ती शाहीले यसपालि ५० क्विन्टल स्याउ उत्पादन भएको बताइन् ।
गत वर्षभन्दा उनको फार्ममा स्याउ बढी फलेका थिए । अहिले उक्त स्याउ शाहीले केही सुकुटी बनाएर राखेकी छन् भने बाँकी बोरामा राखेर थन्क्याएकी छन् । शाहीका २० बोट स्याउबाहेक अन्य सबै बोटमा स्याउ राम्रो फलेको थियो ।
यता २५० बोट स्याउ फलाउँदै आएकी सिमकोट–५ की पाटकला रावतले पनि यसपालि गत वर्षभन्दा बढी स्याउ फलेको अनुभव सुनाइन् । उनले ३० क्विन्टलभन्दा बढी स्याउ थन्क्याएकी छन् । सिमकोट बजारमै उनले स्याउ भण्डारण गरेको कारण हाल स्याउ बिक्री भएको छैन ।
हुम्लामा स्याउ उत्पादन बढ्दै गएको छ । यो क्रम अब बर्सेनि जारी रहने उद्योग वाणिज्य सङ्घ हुम्लाका उपाध्यक्ष रामबहादुर भण्डारीले बताए । हरेक वर्ष स्थानीयहरूले स्याउ लगाउने क्रम जारी राख्दै आएका छन् । यस वर्ष हुम्ला जिल्लामा गत वर्षभन्दा १७ प्रतिशत स्याउ उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका प्रमुख चन्द्रभूषण झाले बताए । हुम्ला जिल्लामा चालू आर्थिक वर्षमा २८४ हेक्टर जमिनमा लगाएका स्याउबाट उत्पादन आउन थालेको र यसमा लगाइएका स्याउबाट दुई हजार ५९३ मेट्रिक टन स्याउ उत्पादन भएको विवरण गाउँपालिकाबाट आएको उनले जनाए । गत वर्ष २७० हेक्टरमा खेती गरिएकोमा त्यसबाट दुई हजार १६० मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।
गत वर्षभन्दा ४३३ मेट्रिक टन स्याउ बढी उत्पादन भएको देखिन्छ । यस वर्ष स्याउको उत्पादकत्वको अवस्था नौ दशमलव १३ रहेको प्रमुख झाले बताए । एक हेक्टर जमिनमा ३५० बोट स्याउ रोप्न सकिने समाचार आजको गोरखापत्र दैनिकमा छ ।