भक्तपुर १ क मा डिपी ढकाललाई जिताउन सत्तारुढ नेकपा एकढिक्का, प्रतिस्पर्धिहरु निराश

मूलखबर संवाददाता
भक्तपुर, २६ कात्तिक ।

आगामी मंसिर १४ गते हुन गइरहेको भक्तपुर प्रदेश सभा १ क को निर्वाचनमा सत्तारुढ दल नेकपा पार्टीका उम्मेदवार देविप्रसाद ढकाल डिपि लाई जिताउन एकताबद्ध भएको छ ।

निर्वाचनको क्रममा उम्मेदवारी दर्ता गर्नुपुर्व केही विवाद जस्तो अवस्था देखिएको थियो तर उम्मेदवारी दर्ता गर्नुपुर्व केन्द्रीय नेतृत्व र स्वयं उम्मेदवार ढकालले गरेको गम्भीर पहल र समझदारीले गर्दा नेकपा पुरै एकढिक्का बनेको हो ।

चाँगुनारायण नगरपालिका र भक्तपुरका केही वडा समेटिएर बनेको यस क्षेत्रमा नेकपाका कार्यकर्ताहरु रातदिन नभनी खटिरहेका छन् । उम्मेदवार ढकाल मतदाताको टोल टोलमा पुगेर मतदाता भेटघाटमा लागिरहेका छन् ।

यतिवेला धान काटेर थन्क्याउने चटारोमा रहेका मतदाताहरुलाई सम्बोधन गर्दे ढकालले आफ्ना चुनावी प्रतिवद्धता दोहोर्याइरहेका छन् ।
ढकालको जित र हारसँग हाम्रो पुरै अस्तित्व जोडिएको छ त्यसैले यतिवेला कुनै विवाद वा मनमुटाव नगरी उहाँलाई जिताउन प्रतिबद्ध भएर लागेका छौं एक पुर्व एमाले कार्यकर्ताले भने, यस पटक ढकालको जितलाई कसैले रोक्न सक्दैन ।

उम्मेदवार ढकालले यस अघि पनि सो क्षेत्रमा निर्वाचनमा उम्मेदवार बनेका र पछि पाटीृको आदेश मानेर पुर्व एमालेका वागी उम्मेदवार हरिशरण लामिछानेलाई छाडिदिएका थिए ।

लामीछानेको निधन पश्चात सोही रिक्त स्थानमा हुन लागेको निर्वाचनमा फेरी उनै ढकाल उम्मेदवार बनेकाले पनि ढकालप्रति मानविय संवेदना र माया वढि रहेको पाइन्छ । ढकाल पार्टी पंक्तिमा मात्रै नभएर आम जनतामा स्थापित इमान्दार युवा नेता हुन् । उनी पुर्व माओवादी पृृष्ठभुमिबाट आएका भएता पनि सामाजिक रुपमा स्थापित क्रियाशील जननेता भएकाले पनि उनको विजय निश्चित भएको विश्लेषकले बताए ।

ढकाललाई जिताउन नेकपा पंक्ति एकढिक्का भएपछि उनका प्रतिद्धन्दी अन्य दलका उम्मेदवारहरु केही निराश देखिएका छन् ।