केन्द्रीय आयोगहरुलाई पूर्णता दिँदै सकियो नेकपा सचिवालय बैठक(नामावलीसहित)
काठमाडौं, २५ कात्तिक ।
सत्तारुढ नपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले केन्द्रीय निकाय अन्तरगत आयोगहरुलाई पूर्णता दिने निर्णय गरेको छ ।
एकीक्रणका बाँकी कामलाई टुंग्याउने मूल एजेण्डाका साथ सोमबार बसेको सचिवालय बैठकले अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा र सचिवमा अशोक रोकायालाई मनोनित गरेका प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल तथा लेखा परिक्षण आयोगको अध्यक्षमा पुष्प कंडेल र सचिवमा टेकनाथ आचार्यलाई मनोनित गरिएको छ ।
बैठकले केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरेको छ ।
सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीहरुको फेर्बदल गर्न सक्ने भनि समाचार आइरहेका बेला त्यसबारेमा भने कुनै निर्णय नगरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
१) केन्द्रीय अनुशासन आयोग
अध्यक्ष- अमृतकुमार बोहोरा
सचिब- अशोक रोकाय
२) निर्वाचन आयोग
अध्यक्ष- विष्णुपुकार श्रेष्ठ
सचिव- माधवप्रसाद पौडेल
३) लेखापरीक्षण आयोग
अध्यक्ष- पुष्पराज कँडेल
सचिब – टेकनाथ आचार्य
४) सल्लाहकार परिषद्
अध्यक्ष – केशवप्रसाद बडाल
सचिब – नन्दकुमार थापा
५) जेष्ठ कम्युनिस्ट मन्च
अध्यक्ष – नन्दकुमार प्रसाई
सचिब – गोबिन्द ज्ञवाली