गलत समाचारप्रति एनआरएनए आईसिसि सदस्य तथा द.कोरियाका निबर्तमान अध्यक्ष गुरुङको अापत्ती

मूलखबर संवाददाता
काठमाडौं

एनआरएनए आईसिसि सदस्य तथा कोरियाका निबर्तमान अध्यक्ष लक्ष्मी गुरुङले नेपाल र केहि संचारमाध्यममा एनआरएनए कोरिया र आफुसंग सम्बन्धीत निराधार रुपमा प्रकाशित समाचार प्रति गंभिर ध्यानाकर्षण भएको बताएकी छिन ।

गत हप्ता केही संचारमाध्यममा “एनआरएनए कोरियाको करोडौको हिसाबमा मनोमानी” शिर्षकमा प्रकाशित समाचार गलत भएको गुरूङले बताएकी छिन् । प्रकाशित समाचारमा एनआरएनए दक्षिण कोरियाको अघिल्लो कार्यसमितिलाई तथ्यहिन रुपमा अनाबश्यक झुठा आरोप लगाई समाचार प्रकाशन भएको उनकाे भनाइ छ ।

समाचारमा एनअारएनए दक्षिण कोरिया र आईसिसि सदस्यको नाम जोडि एक पक्षिय ढंगबाट तथ्यहिन तरिकाले समाचार प्रकाशन गरि चरित्र हत्या गर्ने प्रयास भएको उनले दुखेसाे पाेखिन् ।

गुरूङले भनिन् – “एनआरएनको विधान बमोजिम साधारणसभा जस्तो सम्मानित सभा सम्पन्न गरी सबै हरहिसाव लगायत प्रतिवेदन बहुमत सदस्यको उपस्थितिमा साधारण सभाबाट पारित भईसकेको अवस्थामा मसँग सम्बन्ध नभएका र तथ्यहिन समाचारहरु प्रकाशन भएको छ” । सो सम्बन्धमा बिना प्रमाण र आफ्नो केही भनाई समेत नराखी एकतर्फिरुपमा व्यक्तिगत चरित्र हत्या गर्ने अभिप्रायले समाचार प्रकाशित गरिएको उनले दाबी गरिन् ।  त्यो सरासर अवैधानिक गलत, भ्रामक र प्रमाण बिहिन भएको लक्ष्मीले बताईन् ।