
रविन्द्रको सपना र जनताको समृद्धिको चाहना पुरा गरेरै छाड्छु : उम्मेद्वार भट्टराई
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ का उम्मेदवार विद्या भट्टराईले आफू जनताको सहयात्री भएकोले समृद्धिको चाहाना पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
शनिबार पोखरा १५ स्थित आँधिखोला तमु समाजमा आयोजित निर्वाचन प्रचार प्रसार तथा उम्मेदवार परिचय कार्यक्रममा भट्टराईले आफु जनताको आकांक्षा बमोजिम उम्मेद्वार भएको बताउँदै भूमिहिनहरुलाई व्यवस्थापन गरेर समृद्ध नेपाल सुखी नेपालीको चाहाना पुरा गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “हिजो रवीन्द्रजीले बोक्नुभएको समृद्ध नेपालको अभियानलाई सार्थक पार्न तपाईँहरुले गर्नुभएको आग्रह बमोजिम नै म उम्मेद्वार बनेकी हुँ, मेरो उम्मेद्वारीको हिस्सा तपाईँहरुसंगै जोडिएको छ ।”
राजनीतिमा वैचारिक वहस गरेर समग्र देशकोलागि विकासप्रेमिहरु एक हुनुपर्ने समय आएको उहाँको भनाई थियो । उम्मेदवार भट्टराईले आत्मनिर्भरताले मात्र समृद्धि तर्फ जान सकिने भएकाले राष्ट्रीय संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर आफू अघि बढ्ने बताउनु भयो ।
आत्मनिर्भरताका लागि मौलिक संस्कृतीको जगेर्ना आवश्यक रहने भन्दै भट्टराईले गुरुङ संस्कार र संस्कृतिको जगेर्नामा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सांस्कृतिक मुल्यमान्यता हाम्रा गौरव र सम्पत्ती भएकाले यसको रक्षाका लागि आफू सदैब लागि पर्नेमा उहाँले जोड दिनुभयो ।
असमानताले समृद्धि हासील हुन नसक्ने भएकाले समातनमुलक सामाजिक न्याय आजको आवश्यकता रहेको बताउनुभयो । विभेदरहित समाजको परिकल्पनालाई साकार पार्ने कम्युनिष्ट सरकारको मुख्य दायित्व भएको बताउनु भयो ।
सो अवसरमा नेकपा कास्की सचिव बखान सिंह तमु, वडा नं १५ का अध्यक्ष प्रकाश पौडेल, आँधिखोला तमु समाजका सल्लाहकार रुक बहादुर गुरुङ लगायतले चुनाव सम्बन्धि आफ्नो धारणा राख्नु भएको थियो । आँधीखोला तमु समाजका कार्यवहाक अध्यक्ष नलबहादुर गुरुङले विद्या भटटराइलाई तमु समाजको साथ रहने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसदहरु गायत्री गुरुङ, प्रभाकोईराला, नेकपाकास्की सदस्यहरु बलरामपौडेल, गजकुमारी गुरुङ लगायतको सहभागिता रहेको थियो ।
यसै बिच शनिबारनै पोखरा १५ स्थित शिवशक्ति टोलमा उम्मेदवार भट्टराईले जनतासंग साक्षात्कार गर्नुभएको थियो ।
