मन्त्री र विकास समितिले गरे अनुगमन, काममा आयो तिब्रता, मेलम्चीमा बढ्यो आशा

मूलखबर संवाददाता
काठमाडौं, २३ कात्तिक ।

बहुप्रतिक्षित र बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले काम सुरु गरेसँगै निमार्णको काममा तिब्रता आएको छ ।

चिनियाँ कम्पनीले दुई सिफ्टमा काम गरेर भएपनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल खसाल्ने दावी गरेको छ । कार्तिक २१ र २२ गते संघिय संसदको विकाश तथा प्रविधि समितिले गरेको स्थलगत अनुगमनमा इटालियन कम्पनिले छोडेर गएको काम चिनिया कम्पनिले सुचारु गरे सँगै मेलम्चीको पानी काठमाण्डौ झर्ने आशा पलाएको हो ।

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरु गरेसँगै तत्कालका लागि अन्योल हटेको छ । कम्पनीले ५० जना चिनियाँ र एक सय जना नेपाली कामदारबाट काम सुरु गरी सकेको छ । कम्पनीले आउदो असार मसान्तभित्र पानी सुन्दरीजल खसाल्ले योजनाका साथ हप्ता दिन भित्र थप एक सय कामदार थपेर दुई सिफ्टमा काम गर्ने भएको छ ।

कम्पनीले मिति नै घोषणा गरेर काम सुरु गरेपनि मेलम्चीको पानी अबको छ महिनामा काठमाडौं आउनेमा विश्वस्थ हुनसक्ने कुनै आधार छैन् । कामदारहरुको रकम सीएमसीले भुक्त्तानी गर्न नसकेका कारण स्थानीय ठेक्दारहरुले काम अवरोध गर्ला कि भन्ने मनमा पिर पनि छ ।

सीएमसीले स्थानीय ठेकेदार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यता, स्थानीयबासी सडक पूर्वाधार निमार्णमा भएको ढिलाईलाई लिएर आक्रोष छन् । उनीहरुले सिन्धुपाल्चोकको पानी काठमाडौं लाने भए रोयल्टी बाँडफाँड, एक घर एक धारा उपलब्ध गराउनु पर्ने लगायतका माग गर्दै आएका छन । अनुगमनका लागि पुगेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सँग सिन्धुपाल्चोका जनप्रतिनिहरुले मेलम्ची, सिन्धु र हेलम्वुका समस्या समाधान नभए अवरोध हुनसक्ने बताए । सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शेर बहादुर तामाङ र हेलम्वु गाँउपालीका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीयको समस्या समाधान गर्न सम्बन्धी पक्षले चासो नदेखाएको भन्दै दुखेसो पोखे ।

अनुगमनमा मेलम्ची पुग्नु भएकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्थानीय जनताको मागलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको भन्दै खानेपानी आयोजनामा देखिएका समस्या समाधान गरी छिटो सम्पन्न गर्न सरकार एकरुपताका साथ अगाडी बढ्ने कुरामा अडिग रहेको कुरामा विस्वस्त गराउनुभयो ।

यस्तै, सांसदहरु सहित मेलम्ची खानेपानी आयोजना अनुगमनका लागि पुग्नु भएकी प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकासभापति कल्याणी खड्काले पनि स्थानीयको माग सम्बोधन गर्न समितिले पहल गर्ने बताउनु भयो ।

सरकारले चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रममार्फत गरिसकेको छ । निर्धारीत समयमा काम सम्पन्न गरे बोनस दिने र ढिलो गरे फाइन तिर्नेगरी सम्झौता भएको छ । २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि २४ माघमा सिएमसीसँगको ठेक्का तोड्ने निर्णय गरिएको थियो ।