भारतीय अतिक्रमणविरुद्ध सत्तारुढ नेकपाको विद्यार्थीहरुले प्रदर्शन गर्ने
भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भुभाग कब्जा गरी नयाँ नक्सा सार्वजनीक गरेको विरोधमा सत्तारुढ नेकपा सम्बद्ध विद्याथीहरुले विरोध प्रदर्शन गर्ने भएको छ ।
भारतको विस्तारवादी नीतिको विरुद्ध खडा हुन अपील गर्दे अनेरास्वियूले आज दिउँसो भृकुटीमण्डपमा विरोध प्रदर्शन र र्यालीको आयोजना गरेको विद्यार्थी नेता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
नेपाली भूभाग भारतीय नक्सामा पार्ने भारतीय हैकमवादका विरुद्द तीन बजे भृकुटीमण्डपबाट शुरू हुने अनेरास्वबियूको प्रदर्शन भव्य हुने उनको भनाई छ ।