कि सास देउ कि लाश भन्दै वेपत्ता परिवारले विलाैना गर्ने कहिलेसम्म ? मलेखुमा पाेखियाे फेरि अाँशु

मूलखबर संवाददाता
धादिङ, कात्तिक

नेपालमा धेरै ठूलाे राजनीतिक परिवर्तन भयाे । एकात्मक र जहानियाँ राजतन्त्रात्मक व्यवस्थाकाे अन्त्य गरि समावेशी संघिय लाेकतान्त्रिक गणतन्त्रको स्थापना भयाे । त्यही परिवर्तनको लागि हजारौंको बलिदान भयाे, हजारौं बेपत्ता पारिए त लाखौं अंगभंग र प्रभावित भए । परिवर्तनको मुख्य संवाहक १० वर्षे शसस्त्र जनयुद्धको क्रममा बेपत्ता पारिएका नागरिकहरू जनयुद्ध अन्त्य गरि शान्ति प्रक्रिया भएकाे १३ वर्ष सम्म पनि फर्किएका छैनन् र अझैसम्म कहाँ कुन अवस्थामा छन् अत्तोपत्तो छैन ।

धादिङका २७ जना युवाहरू तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका थिए । तिनैमध्यका विद्यार्थी अमृत कुमार कँडेलकाे नाममा स्थापित स्मृति प्रतिष्ठान र अर्का युवा उज्ज्वल बरामसँगै जाेडेर स्थापित अमृत- उज्ज्वल स्मृति मञ्चले संयुक्तरूपमा मलेखुमा कात्तिक ९ गते शनिवार  अायाेजित अमृत-उज्ज्वल स्मृति सभामा जिल्लाभरका बेपत्ता नागरिकका परिवारले यहि माग दाेहाेर्याए । हाम्रा मान्छे कहाँ छन् कि हामीलाई उनकाे सास देउ हाेईन भने लास देखाउ !

कार्यक्रममा उपस्थित प्रमुख अतिथि पुर्व अापुर्ति मन्त्रि तथा जनयुद्धका सहिद परिवार समाजका सह संयाेजक युवा नेता गणेशमान पुनसहित सहभागिहरूका अाँखा अाँशुले भरिए । पुनले अाफुहरू र जनयुद्धको संचालन गर्ने मुख्य नेतृत्व समेत पटक पटक सरकारमा सहभागी हुँदासमेत वेपत्ता नागरिकको अवस्था सार्वजनिक हुन नसक्नु दुखदायी विडम्बना रहेकाे बताउँदै सत्य निरूपण अायाे र बेपत्ता अायाेगमार्फत नै याे विषय निश्कर्षमा पुर्याउने प्रतिवद्वता जनाए ।

जनगायक जीवन शर्माले चाहिँदैन शिशाकाे महल गाउँदा उत्साहित भएका सहभागिहरू लाेकगायक विष्णु खत्रिले कहाँ छन् हाम्रा अाफन्त, कुन कुनामा लुकायाै, कि सास देउ कि लास देखाईदेउ भन्ने गित गाउँदा स्तब्ध र अाक्राेशीत देखिए । वेपत्ता अमृत कँडेलका दाजु रामहरि कँडेलले अाफ्ना वेपत्ता भाइ अमृतकाे तस्बिरमा छातिमा टाँसेर उक्त गितमा गरेकाे भावुक नृत्य तथा वेपत्ता परिवारकै सदस्यहरूले देखाएकाे अाेपेराले सहभागिहरूलाई धरधरि रूवाएकाे थियाे ।

बेपत्ता अमृत कँडेलका दाजु तथा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र कँडेलकाे सभापतित्तवमा सञ्चालित सभामा जिल्लाभरिका वेपत्ता परिवारलाई दाेसल्ला अाेडाई सम्मान गरिएको थियाे भने बयाेवृद्व ९८ वर्षिय वीर बहादुर चेपाङलाई पनि सम्मानित गरिएको थियाे ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा साँसद पुष्प विक्रम मल्लले अहिले पश्चिमा सँस्कृति र राजनीतिक दबाव नेपालमा बढिरहेकाे भन्दै त्यसका विरूद्व एकजुट हुन अपिल गरेका थिए । उनले पार्टीका नेता र जनताकाे सम्वन्ध विग्रिँदै गएकोमा चिन्ता व्यक्त गर्दै सरकारका याेजनामार्फत जनतासँग सम्बन माछा पानी जस्तो बनाईने प्रतिवद्वता व्यक्त गरे । उनले वेपत्ता परिवारकाे माग सम्वाेधन गर्न दबाव सिर्जना गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा बेनिघाट राेराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकाेटी, राष्ट्रिय सहकारिका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, कांग्रेस प्रतिनिधि, वेपत्ता परिवारका प्रतिनिधि हरिप्रसाद रूपाखेतीले वेपत्ता नागरिकका परिवारकाे पीडा छिटाे भन्दा छिटाे राज्यले सम्वाेधन गर्नुपर्ने धारणाा राखेका थिए ।

ध्रुव सिलवालले स्वागत मन्तव्य राखेकाे उक्त कार्यक्रममा अमृतका सहयाेद्वा तथा मुल खबर डट कमका निर्देशक सन्ताेष पाैडेल, जनयुद्धका घाइते याेद्वा तथा नेकपा नेतृ सुनिता रेग्मी, जनप्रगतिशील मञ्च युएईका संस्थापक श्याम संकल्प, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष, स्थानिय राजनीतिक दलका नेताहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलगायत हजार बढि स्थानियहरूकाे सहभागिता रहेकाे थियाे ।