
पतिकै अगाडि सामूहिक बलात्कार, १४ पक्राउ
भारत, १५ असोज ।
अपराधका घटनाहरु बढ्दै जाँदा प्रकृतिहरु पनि अत्यन्त पृथक देखिएका छन् । भारतको हैदराबादमा पतिकै अगाडि एक महिलाको सामूहिक बलात्कार भएको घटना सार्वजनीक भएको छ। घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार हैदराबादको राचकोंडामा कुखुरा फार्ममा काम गर्ने महिला र उनका पतिलाई दुई दिनसम्म बन्धक बनाएर ५ जनाले पतिकै अगाडि सामूहिक बलात्कार गरेका हुन्। घटनामा पतिमाथि कुटपीट समेत गरिएको प्रहरीले जनाएको छ ।
राचकोंडा प्रहरीले बलात्कार गर्ने ५ जनासहित संलग्न १४ जनालाई पक्राउ गरेको छ। घटना कुखुरा फार्ममा काम गर्ने सहयोगीले नै गराएको खुलेको छ।
महिलाको उजुरीको आधारमा प्रहरीले अभियुक्तविरुद्ध बलात्कार मुद्दा दर्ता गरेको छ। आरोपीविरुद्ध अनुसूचित जाति एवं अनुसूचित जनजाति ९अत्याचार निवारण० कानुनअन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार घटनामा कुल १५ जना संलग्न छन्। १ जना फरार रहेको र खोजी जारी रहेको प्रहरीले बताएको छ ।
