टेलीकमको ४ जी सेवा विस्तार : प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई कल गरेर उद्घाटन गर्दै

काठमाडौं, असोज १५ गते ।

नेपाल टेलिकमको ४ जी सेवा आजबाट औपचारिक रुपमा शुरुवात हुँदैछ । टेलिकमको महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले बुधबार ठोस नतिजा हासिल गर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीको व्यवसायको अधिकतम हिस्सा थ्रीजीले ओगटेको सन्दर्भमा विस्तार परियोजनासँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमले ठूलो फड्को मार्ने छ ।

नेपाल टेलिकमले बुधबार सबै महानगरपालिकासहित मुख्य सहरमा फोरजी विस्तार गर्दै छ । टेलिकम नेपाल सरकारको आधिकारीक एक मात्र टेलिकम्युनिकेशन संस्था हो जुन सूचना प्रविधि मनत्रालय अन्तरगत रहेको छ ।