रोल्पाको लुंग्रीमा बस खस्दा चालकसहित २ को मृत्यु 

मूलखबर संवाददाता
राेल्पा, १३ असाेज

पूर्वी राल्पाको गुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ । ग१ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन् ।
रोल्पाको सुलिचौर बजारबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रा.लि.को उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बस सुनिल स्मृति गाउँपालिका–३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको छ ।
बस दुर्घटना भएको सूचना पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुलिचौरको टोली र स्थानीयहरुले उद्धारमा खटिएका छन् ।
दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन ।