आजबाट नेपाल दक्षीण एशीयामै पहिलो खुला दिशा मुक्त राष्ट्र बन्दै, प्रधानमन्त्रीले घोषणा गर्ने

मूलखबर संवाददाता
काठमाडौं, १३ असाेज

काठमाडौं, १३ असोज
आजबाट नेपाल दक्षीण एशीयामै नेपाल पहिलो खुला दिशा मुक्त राष्ट्र बन्दैछ । आज नेपाल सरकार खानेपानी मन्त्रालयको आयोजनामा सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीबाट राष्टिय सभागृहबाट उक्त घाेषणा गर्ने कार्यक्रम रहेको छ । विसं २०६८ सालमा पहिलोपल्ट कास्की जिल्लालाई खुला दिशा मुक्त घोषणा गरेर शुरु गरिएको अभियानको पहिलो चरण आजबाट समाप्त हुन लागेको हो ।

आज हुने कार्यक्रममा सरकारका विभिन्न मन्त्रीहरु, उच्च पदस्थ अधिकारीहरु, नागरिक समाज र संचार जगतको बाक्लो उपस्थिति रहनेछ । यो चरण पछि पूर्ण सरसफाईयुक्त नेपाल निर्माणको अभियान सञ्चालन गरी अभियानलाई निरन्तरता दिइने खानेपानी मन्त्री विना मगरले जानकारी दिनुभएको छ ।