
नेपालमा मौसमी गतिविधि सक्रिय, चट्याङसहित वर्षाको सम्भावना
नेपालमा मौसमी गतिविधि अझै सक्रिय रहेको छ। अरब सागर र बंगालको खाडीबाट आएको हावाको प्रभावले गर्दा मनसुन सक्रिय रहेको मौसमविद्ले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शुक्रबार निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानको आसपासमा अवस्थित छ। भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको छ ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
शनिबार दिउँसो देशका अधिकांस भूभागहरुमा मेघ गर्जनसहित मध्यम हुनेछ। देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राति देशका अधिकांश स्थानहरुमा मेघ गर्जन चट्टयांगसहित मध्यम वर्षा हुनुका साथै पूर्वदेखि पश्चिमसम्मको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद्काअनुसार जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि अझै सक्रिय नै रहने हुँदा दसैंको सुरुवाति दिनसम्म मौसम पूर्ण सफा नहुने बताएका छन्।
ुदेशका पूर्व, मध्य केही स्थानमा मेघ गर्जन र चट्टयांग सहित भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने छ। बुलेटिनमा भनिएको छ, ुपहाडी भु(भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउने भएकाले सतर्कता अपनाउन अनुरोध छ।
