नेपाल जिम्बाब्बेसँग पराजित, शनिबार सिंगापुरसँग खेल्ने

मूलखबर संवाददाता
काठमाडौं

सिंगापुरमा भएको टी-२० सिरिजको पहिलो खेलमा नेपाल जिम्बाब्बेसँग पराजित भएको छ । शुक्रबार साँझ भएको खेलमा टेस्ट राष्ट्र जिम्बाब्बेसँग नेपाल ५ विकेटले पराजित भएको हो ।

इन्डियन एशोसियसन मैदान सिंगापुरमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरी १३२ रन बनाएको थियो । १३३ रनको लक्ष्य पछ्याएको जिम्बाब्बेले १८.१ ओभरमा ५ विकेट गुमाएर जित हात पार्‍यो। नेपालले सुरुवातमा जिम्बाब्बेको लगातार विकेट लिई दबाबमा राखेको थियो ।

१० ओभरमा ६४ रन बनाउँदा नेपालले जिम्बाब्बेको ५ विकेट लिएको थियो । त्यसपछिका ब्याट्सम्यानको विकेट लिन नसक्दा नेपाल जितबाट बञ्चित बनेको हो । जिम्बाब्बेका रिचमण्ड मुटुन्बामी र रायन बुर्लले ठूलो साझेदारी गरी नेपाललाई निराश बनाए । १४औं ओभर सकिँदासम्म खेलमा नेपाली बलर हाबी थिए । जिम्बाब्बेको जम्मा ८२ रन थियो । जितका लाथि ३६ बलमा जितका लागि ५१ रन चाहिएको थियो । १५औं ओभरमा दीपेन्द्र ऐरीले १६ रन दिएपछि १५ रन दिएपछि खेलमा जिम्बाब्बे हाबी भयो ।  १४औं ओभरमा सन्दीप लामिछानेले २ रन मात्रै दिएका थिए । अर्काे २ ओभर रोक्न सकेको भए नेपाल जिततर्फ बढ्न सक्थ्यो ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरी आशा दिलाएका थिए । ४ ओभरमा सन्दीपले १९ रन दिएर ३ विकेट लिए । कुशल मल्ल र पारस खड्काले १–१ विकेट लिए । ब्याटिङ नेपालले मध्यम प्रदर्शन गर्‍यो पहिले ब्याटिङ गरेको नेपालका लागि सुरुवाती ब्याट्सम्यानले राम्रो प्रदर्शन नगर्दा मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरी सम्मानजनक स्कोर बनाएका थिए ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए दीपेन्द्रले ३३ बलमा ५ चौकाको मद्दतमा ४० रन बनाएका हुन् र उनीपछि सोमपाल कामीले १४ बलमा २५ रनको योगदान गरे । कप्तान पारस खड्काले २२ बलमा १८ रन बनाउँदा सन्दीप जोराले १५ बलमा १७ र विनोद भण्डारीले १२ बलमा ११ रन जोडे । जिम्बाब्बेका लागि कप्तान जेअम विलियसले नेपालको २ विकेट लिए । नेपाल शनिबार सिंगापुरसँग खेल्नेछ ।