एनआरएनए सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका लोकप्रसाद दाहालका ५ प्रतिबद्धता

मूलखबर संवाददाता
काठमाडौं, ७ असोज ।

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको ९ औं अधिवेशन आउन अब एक महिना पनि बाँकी छैन । अधिवेशनमा विभिन्न क्षेत्र र व्यक्तित्वहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् । केन्द्रीय अध्यक्षको रुपमा वर्तमान दुई उपाध्यक्ष कुमार पन्त र कूल आचार्यले आफ्नो उम्मेदवारीको औपचारीक घोषणा गरिसकेका छन् भने अन्य उम्मेदवारहरुले आ आफ्नो ढंगले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

त्यसै क्रममा सह कोषाध्यक्षमा बेल्जीयममा सफल व्यवसायीको रुपमा पहिचान बनाउन सफल धादिंगका लोकप्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छन् । उनले आफूले एनआरएनलार्य सबै गैर आवासिय नेपालीको साझा, सबल र क्रियाशील संस्था बनाउने अठोटका साथ उम्मेदवारी घोषणा गरेका छन् । बेल्जीयममा ७ वटा रेष्टुरेन्ट र स्टार होटलसमेत सञ्चालन गरिरहेका समाजसेवी दाहालले आफ्नो उम्ेदवारी घोषणा गर्दे ५ बुँदे प्रतिबद्धता पनि सार्वजनीक गरेका छन् ।

यस्तो छ उनको प्रतिबद्धता

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको ९ औं अधिवेशनमा सह कोषाध्यक्षको रुपमा उम्मेदवारी दिँदै गर्दा म लोक प्रसाद दाहाल सम्पूर्ण गैर आवासीय नेपालीहरू सँग मलाई मतदान गर्न अनुरोध गर्दै निम्न प्रतिवद्धता हरू जाहेर गर्दछु

१। एनआरएनए लाई वास्तविक रुपमा सबै गैर आवासिय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउने ।
२। संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र
अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्ने ।
३। नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउने । सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउने। दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने
४। विश्वमा नेपाल चिनाउन र मुलुक सम्वृद्ध गराउने अभियान भिजिट नेपाल २०२० लाई सफल पार्ने ।
५। नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने । सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै व्इापक जनसहभागिताको साथमा सम्पन्न गर्ने
पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउने