असोज १३ गते खुला दिशा मुक्त नेपाल घोषणा हुँदै, राष्ट्रिय गौरब बढाउनेछ : मन्त्री मगर

मूलखबर संवाददाता
काठमाडौं, ७ असोज

आगामी हप्ता नेपाल खुला दिशामुक्त देश घोषणा हुने भएको छ । नेपाल खुला दिशामुक्त राष्ट्र बन्न लागेको जानकारी आज खानेपानी मन्त्रालयले आयोजना गरिएको पत्रकार सम्मेदलनमा दिइएको हो ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विना मगरले यसो भन्न पाउनु आफूलाई गर्वको अनुभुति भएको बताइन् । सामाजिक र साँस्कृतिक धब्बाको रुपमा रहेको खुला दिशाको स्थितिलाई नियन्त्रण गरी खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने कुरा धेरै नै महत्वपूर्ण उपलव्धी भएको बताउँदै मन्त्री मगरले त्यस दिशामा प्रभावकारी कामहरु भएको जानकारी दिइन् । उनले यस अभियानमा सरकार प्रमूख, राजनीतक दलका प्रमूख नेताहरु देखि सम्पूर्ण जनसम्ुदायको सक्रिय सहभागिता रहेको जानकारी दिइन् । उनले आगामी असोज १३ गते विशेष कार्यक्रमका बीच खुला दिशा मुक्त राष्ट्र घोषणा गरिने जानकार दिइन् ।

कार्यक्रममा देशभर हाल सम्म ६० लाख भन्दा वढि घरमा चर्पी निर्माण भएको जानकारी दिइएको थियो । २०६८ सालमा पहिलोपटक कास्की जिल्ला खुल्ला दिशामुक्त घोषणा भएको थियो पछिल्लो पटक हालैमात्रै काठमाडौं जिल्ला खुला दिशामुक्त जिल्ला घोष्णा गरिएको थियो यस सँगै सबै ७७ जिल्ला नै खुला दिशा मुक्त घोषणा भएका छन् । मन्त्री मगरले समस्याहरु केही बाँकी नै भएपनि त्यसलाई हल गर्दे जाने र यस अभियानको शुरु देखी हाल सम्म सहयोग र साथ दिने सबै नेपालीहरलाई आभार पनि व्यक्त गरेकी छिन् ।