‘शिक्षक अस्पताल’ को व्यवस्था गर्न सरकारसँग शिक्षक महासंघकाे माग

मूलखबर संवाददाता
काठमाडौं, ७ असाेज

काठमाडौं, ७ असाोज
नेपाल शिक्षक महासंघले ‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षक अस्पतालको छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको हो । आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको पनि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरिएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिनु भयो ।

महासंघले शिक्षकहरुको दरबन्दी मिलान, उनीहरुलाई निजामती कर्मचारीहरुको भन्दा बढि सेवा, सुविधासहितको तलवको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएको छ । शिक्षण पेशालाई मर्यादित बनाउन पनि सरकारले उनीहरुको सेवा, सुविधा वृद्धिमा विशेष व्यवस्था गर्नुपर्ने माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिइएको महासंघका अध्यक्ष थापाले बताउनु भयो ।