
नेकपा र सिपिसीबीच भाइचारा सम्वन्ध स्थापित
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।
नेकपा र सीपीसीका नेताहररूबीच काठमाडौंमा जारी विचार आदान प्रदान कार्यक्रमको दोस्रो दिनमा सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा दुई पार्टीका विदेश विभाग प्रमुखले मंगलबार हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै उपस्थित थिए । यो समझदारीपछि नेकपा र चिनीयाँ कम्युनिष्ट पार्टीबीच धेरै कुराहरु आदानप्रदान हुन सघाउ पुग्ने बताइएको छ ।
