कक्षा ११ को परीक्षाफल सार्वजनीक, यसरी हेर्नुस् रिजल्ट…

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो ।

बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिनुभयो ।
परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।

http://sparrowsms.com/services/results/

hseb-result-nepal/,

 http://neb.ntc.net.np/

कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ५ लाख नौ हजार परीक्षार्थी सहभागी भएका थिए ।