नेकपाले तोक्यो महानगरका अध्यक्ष सचिव : को-को ले पाए जिम्मेवारी ?

मूलखबर संवाददाता
काठमाडौं, ४ असोज

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरमा रहेका छ व टा महानगरपालिका पार्टी अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार अपरान्ह बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुयभो ।

श्रेष्ठका अनुसार काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ भने ललितपुर महानगरको अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन चयन गरिएको छ ।

त्यसैगरि पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछानेले जिम्मेवारी पाएका छन् भने चितवनस्थित भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटाले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी वीरगञ्ज महानगरमा रोहबर अन्सारीले अध्यक्षमा र विश्वम्बर शर्माले सचिवमा जिम्मेवारी पाएका छन् भने विराटनगर महानगरमा अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्कीलाई जिम्मेवारी दिइएको छ । करीब २ वर्ष एकीकरणको  अवरुद्ध हुँदै आएकोमा गत जेठ ३ यता भने यसले तिब्रता पाइरहेको छ । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र महानगर समितिले पूर्णता पाइसकेको छ भने विभिन्न जनवर्गिय संगठनका पनि इन्चार्ज, सहइन्चाज र सचिवको जिम्मेवारी टुंगिएको छ । त्यसैगरी विभाग र आयोगहरुमा पनि जिम्ेवारी तोकीएको छ भने स्थानिय तहमा अध्यक्ष र सचिवको जिम्मेवारी तोकीइसकेको छ ।

अब केन्द्रीय समितिका केही सदस्यको कार्यविभिाजन र पोलिटव्युरो सदस्य चयन गर्ने काम मात्रैे बाँकी रहेको छ ।

काठमाडौं महानगर – अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ

पोखरा महानगर-  अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने

भरतपुर महानगर – अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा

वीरगञ्ज महानगर-  अध्यक्षमा  रोहबर अन्सारी र सचिवमा विश्वम्बर शर्मा

विराटनगर महानगर-  अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की