एनआरएनए उपाध्यक्ष पन्तद्वारा २०१९–२०२१ कार्यकालका लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्दै

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, ३ असोज

गैरआवासीय नेपाली संघ ९एनआरएनए०का उपाध्यक्ष कुमार पन्तद्वारा २०१९–२०२१ कार्यकालका लागि अध्यक्षको उम्मेदावरी घोष्णा गर्ने भएका छन् । अध्यक्षका आकांक्षी बनेका पन्तले राजधानीको याक एण्ड यती होटलमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गर्न लागेका हुन् । उक्त उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए आइसीसीका पदाधिकारीहरु र विभिन्न देशका एनसिसीका पदाधिकारी समेत सहभागि हुने जनाइएको छ ।
उपाध्यक्ष पन्तले पत्रकार सम्मेलनमा एनआरएनको आगामी रणनीति र प्रतिवद्धता सार्वजनीक गर्ने बताउनुभएको छ । खासगरी संघको संरचना, प्रशाशन, संघको आन्तरिक व्वस्थापन र नेपालका वारेमा विशेष केन्द्रित गर्ने कुरा बताएका छन् ।
लामोसमय देखि गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर एनआएनका भुमिका सफलतापुर्वक निर्वाह गरिसकेका छन् । गोर्खा स्थायी घर भएका पन्त युरोपका विभिन्न मुल्ुकमा होटल व्यवासाय सहित विभिन्न व्यवसायहरुमा सफल व्यक्तित्व पनि हुन् । पन्तले हाल अन्तराष्ट्रिय उपाध्यक्षमा दोश्रो कार्यकाल पूरा गरेका छन् ।