यसकारण एनअारएनए महिला संयाेजकमा उम्मेदवारी घाेषणा गरेँ – प्रमिला बस्नेत

मूलखबर संवाददाता
काठमाडौं, २ असाेज

एनअारएनएकाे अागामी अधिवेशनमा क्यानाडामा बसाेबास गरिरहेकी महिला नेतृ प्रमिला बस्नेतले महिला संंयाेजकमा उम्मेदवारी घाेषणा गर्नुभएको छ । अाफ्नाे उम्मेदवारीको ६ अाधार प्रस्तुत गर्दै बस्नेत भन्नुहुन्छ मलाई विजयी बन्ने मुख्य अाधार मेराे प्रतिवद्वता हाे ।

ICC महिला संयोजकको उम्मेदवारीको अपिलका छ आधार

गैरआवासिय नेपाली संघको अन्तररास्ट्रिय महाअभियानलाई नेपाल वाहिर र नेपाल भित्रका नेपालीहरुको साझा प्रयासको रुपबाट नेपालको समृद्दिमा सदुपयोग हुनु पर्दछ । नेपालको सम्वृद्वि नेपाली महिलाको सामाजिक स्तर माथि नउठी सम्भब छैन / त्यसै गरी गैर्ह आवासीय नेपाली संघलाई आउदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिलाहरुको पनि अतिविशिष्ट योगदान अनिबार्य छ त्यसको लागि शसक्त महिला नेतृृृृत्व आबश्यक छ / मेरो महिला संयोजकको उमेद्वारीको अपिलको छ आधार निम्न छन्/

१)बैदेशिक रोजगारमा नेपाली महिला र पुरुष कामदारहरु को कुन कुन देशमा ( बिशेस गरी अरब -खाडी मुलुक, मलेसिया, अफगानिस्तान लगायत का देश हरु के के र कस्ता कस्ता जटिल बर्तमान समस्याहरु भोग्नु परेको छ / त्यस बिषयमा एन आर एन ए र नेपाल सरकारको दुइ पक्षीय रुपमा अध्ययन गराई , प्राप्त प्रतिबेदन बास्तबिक नतिजा निष्कर्षको आधारमा बर्तमान समस्याको समाधानका उपायहरू पत्ता लगाउने, समाधानको लागि हाल भै रहेको ब्यबस्थालाई लाइ अझ प्रभाकारी बनाउन प्रयत्न गर्ने र वैयक्तिक ज्यान र स्वतन्त्र खतरा परेका (बिशेस गरि बन्धक , जेल र ज्यान सजाय वा मृत्यु दण्ड सजाय पाएका) हरुका लागि सम्भव भए सम्म कुटनैतिक प्रयास , र कानुनी र अन्य अन्तर रास्ट्रिय मान्यताका आधारका उपायहरु निकाली सहयोग गर्ने बाताबरण बनाउन प्रयत्न गर्ने /
२) खाडी देशहरुमा कार्यरत घरेलु कामदार
नेपाली महिला दिदि-बहिनीको गुनासो र समस्याहरुको तत्काल समाधान गर्ने ।

मध्यपूर्वका विभिन्न खाडी मुलुकहरुमा महिलाहरु विविध समस्यामा पर्ने गरेका छन् । त्यसमाथि पनि मध्यपूर्व यस्तो क्षेत्र हो जहाँ हजारौँ महिला दिदीबहिनीहरुले घरेलु कामदारको रुपमा कार्यरत हुनुहुन्छ उहाँहरुको रेमिटेन्सले देशलाई ठुलो आर्थिक टेवा पुगेको सर्बबिबिदै छ । यधपी उनै घरेलु महिलाहरुलाई श्रम स्बिकृती दिन अझै पनि सरकारले यो वा त्यो बहानामा बिचौलियाहरुलाई पोस्ने जस्तो सर्तहरु बनाएको देखिन्छ । हालसालै पनि युएईको राजदुताबासले युएईमा कार्यरत महिला दिदि बहिनिहरुलाई श्रमस्बिकृती दिने पहल कदमी सहित सुचना निकाली राम्रो कामको उदाहरणियता पेश गरेको छ यधपी त्यस्लाई अझै सहज र प्रभाबकारी बनाउन भने सकिन्छ र यस्को लागी म सम्बन्धित सबैमा पहल गर्ने छु । युएई मात्रै नभएई सम्पुर्ण खाडी देशहरुमा यस्ता तमाम घरेलु कामदार नेपाली महिला दिदिबहिनीहरुको समस्याहरु छन खाडीमा घरेलु हिंसाबाट प्रताडित हुनुपर्ने स्थिती धेरै रहेको छ, कतै बेचविखनमा परेका घटना समेत रहेका छन् यस्ता जघन्य अपराधहरु प्रती राज्यको ध्यानाकर्षण गर्दै नेपाल एम्बेस्सी सग समन्वय गरि हदै सम्मको कार्बाही गर्ने र युवाहरुलाई परिचालन गरि छिटो छरितो ढंगले यस्ता समस्या र घटनामा परेका पिडितहरुलाइ तत्काल उद्दार, रहात र सहयोग गर्न पहल गर्ने छु। साथै तमाम महिला दिदिबहिनीहरुलाई यस्तो अवस्था आउन नदिन सचेतना अभियान सञ्चालन गरि पिडित सम्पुर्ण महिला दिदिबहिनीहरुलाई स्वदेश फर्काउन सम्बन्धित सबैमा जोडतोड माग गर्नेछु र विशेषगरी महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन मेरो विशेष जोड रहनेछ ।

३) गैर्ह आवासीय नेपाली संघलाई प्रबासमा बस्ने महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान हरुको र ब्यबसायीहरुको साझा संस्था बनाउने र प्रबासमा बस्ने नेपालीहरुको र नेपालको समुन्नतिको अभियान अगाडी बढाउन, महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान र ब्यबसायीहरुको विशिष्टीकृत क्षमतालाई संथागत गराउने प्रयन्त गर्न लागि

४) प्रबासमा रहेका नेपाली महिलाहरुको बर्तमानको बिबिध क्षमतालाई गैर्ह आवासीय नेपाली संघको संस्थागत माध्यमबाट नेपालका महिलाहरुको उत्थान गराउने प्रयन्त गर्न लागि

५ )गैर्ह आवासीय नेपाली संघलाई प्रबासमा बस्ने नेपालीहरुको आपसी सम्बन्ध सुत्र, एकता र समुन्नतको अझ मजबुद मध्यम बनाउने प्रयन्त गर्न लागि

६)गैर्ह आवासीय नेपाली संघलाई अन्तर रास्ट्रिय स्तरमा आउदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिला हरुको पनि विशिष्ट योगदान हुन् सक्छ छ भन्ने प्रस्ट पार्ने प्रयन्त गर्न लागि

आगामी अक्टोवर काठमाडौँमा हुन गैरहेको एन आर एन ए विश्व सम्मेलन लाई भब्यताका साथ सम्पन्न गर्न सबैमा हार्दिक अपिल गरेकी छु / महिला संयोजक उमेद्वार मा प्रमिला बस्नेत तपाईहरुको अमूल्य सहयोग र एक्बध्धताको अपेक्क्षा गरेकी छु /

धन्यवाद ! जय गैरआवासिय नेपाली संघ अन्तररास्ट्रिय महाअभियान !!

प्रमिला बस्नेत
महिला संयोजक उम्मेदवार ।