यसकारण मेरो उम्मेद्वारी सचिवमा : शिव बरुवाल (अपीलसहित)

मूलखबर संवाददाता
काठमाडौं, १ असोज ।

आगामी अक्टोबर १५ देखि नेपालमा आयोजनाहुन लागिरहेको गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको नवौं अधिवेशन नजिकीदै गर्दा विश्वभरबाट पदाधिकारी र सदस्यहरुमा उम्मेदवार दिनेहरुको लहर नै चलेको छ ।

नेपालबाट विभिन्न सिलसिलामा विदेश पुगेर एनआएनएको अभियानमा सहभागि बनेका नेपालीहरुको दक्षता, पूँजी र सिपलाई उपयोग गरेर नेपालको समृद्धि र विकास गर्नुपर्छ भन्ने अवधारणामा बनेको एनआएनएको अधिवेशनमा वर्तमान युरोप संयोजक शिव कुमार बरुवालले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आफू निरन्तर एनआएनए अभियानमा लागिरहेको तथा सबैको साथ रसहयोग प्राप्त गरिरहेको बताउँदै बरुवालले फेरी पनि उत्तिकै साथ पार्य विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा उम्मेदवारीको औचित्यबारे पोष्ट गर्दै बरुवाल लेख्नुहुन्छ

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को सचीव पदमा मेरो उमेदवारी !
आदरणीय एन आर एन अभियान का अग्रजहरु !
सकर्मी मित्रहरू , सम्पुर्ण गैर आवासीय नेपाली दिदिबहिनी दाजुभाइहरु !

आगामी अक्टोबर १५-१७ मा काठमाडौं मा हुन गै रहेको एन आर एन ए को नबौ अन्तर्राष्ट्रिय महाधिवेशनमा मैले गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद को सचीव पदमा उमेदवारी दिएको छु ।

२ बर्ष पहिला यहाँहरुले मलाइ युरोप क्षेत्रको संयोजक जस्तो महत्त्वपूर्ण जिम्मेवारी दिनु भयो यस जिम्मेवारी प्राप्त गरिसके पछि मैले एन आर एन ए को बिधानको अधिनमा रहि एन आर एन ए ले सुरु गरेका सबै प्रकारका परियोजना सफल बनाउन सकृय भुमिका निभाए ,बिश्व भरमा एन आर एनहरु ले सुरु गरेका योजना हरुमा सहकार्य गर्न सबै क्षेत्रहरूमा पुगे र युरोप क्षेत्रमा विभिन्न गतिबिधी र कार्यक्रम हरु आयोजना गरि एन आर एन ए लाई अझ बिस्तार गर्ने , सबै एन आर एन हरुलाइ सस्था मा आबद्ध गराउने र सबै एन आर एन हरुका समस्या पहिचान गरि समाधान को लागि पहल गर्ने र नेपाल को समृद्धिमा हातेमालो गर्न एन आर एन हरुलाइ उत्साहित गर्ने कार्य गर्दै आफ्नो जिम्मेवारी इमान्दारिता साथ पूरा गरे भन्ने मलाइ लागेको ले यश महाधिवेशनमा अझ थप जिम्मेवारी लिएर हाम्रा अग्रज हरुले सुरु गरेको यस एन आर एन ए को अभियानलाई सफल र सार्थक निस्कर्ष मा पुर्‍याउन मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिब पदमा आफ्नो उमेदवारी दिएको छु । सदाझै यस पटक पनि यहाँहरु साथ समर्थन र सहयोग को लागि हार्दिक अपिल गर्दछु । यहाँहरु को बिश्वाश र भरोसालाई कहिल्यै टुटन दिने छैन ।

जय एन आर एन !