यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नेपाल वायुसेवा निगम सुधारका लागि यस्तो छ कार्यदलको सुझाब. मूलखबर संवाददाता काठमाडौं,असोज १. अर्बौको घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्य दलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई निगमको सुधारका लागि सुझाव दिन गठित कार्य दलले आफ्नो प्रतिवेदन बुझाएको हो । पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको ५ सदस्यीय कार्य दलले मन्त्री भट्टराईलाई सिंहदरबारमा बुझाएको प्रतिवेदनमा निगमको वित्तिय सुधारका लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिइएको छ । त्यसैगरी रणनीतिक साझेदार तत्काल खोजी गरी निगमको व्यवस्थापनलाई चुस्त बनाउन पनि सुझाव दिइएको कार्य दलका संयोजक घिमिरेले जानकारी दिनु भयो । प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ । प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तीमा सरकारले गरेको कमजोरीका कारण पनि सो निगममा सुधार हुन नसकेको निष्कर्ष पनि निकालिएको छ । कार्य दलले निगमको नोक्सान हाल ५ अर्व २१ करोड ७६ लाख रहेको तथा ४० अर्व लोनको पनि व्ययभार रहेको जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि ९ वटा र अन्य ४ वटा एयर बस विमान रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संयोजक घिमिरेले निगमसँग ३ अर्व ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको पनि बताउनु भयो । यता, प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईले कार्य दलको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिनु भयो । उहाँले सार्वजनिक कम्पनी अन्तरगत नयाँ रणनीतिक साझेदार समेत भित्र्याएर निगमको व्यवस्थापनलाई अघि बढाउने विषयमा सरकार पनि गम्भिर रहेको बताउनु भयो । त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पार्न केही समय लाग्ने मन्त्री भट्टराईको भनाई छ । मन्त्री भट्टराईले निगमलाई सुधार गरेर नेपालमा पर्यटक भित्र्याउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताउनु भयो ।.
नेपाल वायुसेवा निगम सुधारका लागि यस्तो छ कार्यदलको सुझाब
मूलखबर संवाददाता
काठमाडौं ,असोज १
अर्बौको घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्य दलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई निगमको सुधारका लागि सुझाव दिन गठित कार्य दलले आफ्नो प्रतिवेदन बुझाएको हो । पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको ५ सदस्यीय कार्य दलले मन्त्री भट्टराईलाई सिंहदरबारमा बुझाएको प्रतिवेदनमा निगमको वित्तिय सुधारका लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिइएको छ । त्यसैगरी रणनीतिक साझेदार तत्काल खोजी गरी निगमको व्यवस्थापनलाई चुस्त बनाउन पनि सुझाव दिइएको कार्य दलका संयोजक घिमिरेले जानकारी दिनु भयो । प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ । प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तीमा सरकारले गरेको कमजोरीका कारण पनि सो निगममा सुधार हुन नसकेको निष्कर्ष पनि निकालिएको छ ।
कार्य दलले निगमको नोक्सान हाल ५ अर्व २१ करोड ७६ लाख रहेको तथा ४० अर्व लोनको पनि व्ययभार रहेको जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि ९ वटा र अन्य ४ वटा एयर बस विमान रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संयोजक घिमिरेले निगमसँग ३ अर्व ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको पनि बताउनु भयो ।
यता, प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईले कार्य दलको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिनु भयो । उहाँले सार्वजनिक कम्पनी अन्तरगत नयाँ रणनीतिक साझेदार समेत भित्र्याएर निगमको व्यवस्थापनलाई अघि बढाउने विषयमा सरकार पनि गम्भिर रहेको बताउनु भयो । त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पार्न केही समय लाग्ने मन्त्री भट्टराईको भनाई छ ।
मन्त्री भट्टराईले निगमलाई सुधार गरेर नेपालमा पर्यटक भित्र्याउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताउनु भयो ।