संखुवासभा अक्करकाे भिरबाट गाडि खस्याे, ६ जना बेपत्ता (नामावलीसहित)

मूलखबर संवाददाता
काठमाडौं, १ असाेज

संखुवासभा स्थित रहेकाे अक्करकाे भिरबाट गाडि खसी भएको दुर्घटनामा ६ जना बेपत्ता भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार   खाँदबारीबाट धरान बिरामी लिएर गएकाे बलेराे गएकाे राति १०:३० बजे भिरबाट अरूण नदिमा खसेकाे हाे । यधपी गाडीमा  कति सवार थिए भन्ने जानकारी अाएकाे छैन । प्रहरीले  ६ जना बेपत्ता भएकाे जानकारी अाएकाे बताएको छ । प्रहरी घटनास्थल तर्फ गैसकेकाेले घटनाकाे विस्तृत बिवरण

अपडेट::::

धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०:०५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए।
तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक सहित ६ जना बेपत्ता भएका हुन्। गाडीमा खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका छन्। बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो।

रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुनसकेको छ्रैन। अरुण खोलामा बाढीआएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ। गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ। संखुवासभा प्रहरीले घटनाबारे जानकारी भएको र त्यसबारे विस्तृत आइनसकेको जनाएको छ ।।