यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
जब एक महिला छोराको लास बोकेर बुद्धको सामु गइन्…. मूलखबर संवाददाता काठमाडौं, ३१ भदाै गौतमी नामक एउटी महिलाको एक्लो छारो मर्याे । ऊ शोकले ब्याकुल भएर रुँदै छोराको लास बोकेर महात्मा बुद्धको सामुन्ने गइन् । बुद्धको चरणमा छोराको लास राखेर विन्ती गरिन्, जसरी हुन्छ मेरो छोरालाई जीवित बनाइदिनुहोस् । कुनै त्यस्तो मन्त्र पढिदिनुहोस् ताकि मेरो छोरो उठोस् । महात्मा बुद्धले ती महिलाप्रति सहानुभूति देखाउँदै भने, गौतमी शोक नगर । म तिम्रो मरेको छोरोलाई जीवित बनाइदिनेछु । तर त्यसका निम्ति तिमी गाउँमा जाऊ र अहिलेसम्म मानिस नमरेको घरबाट एउटा आगाको अगुल्टो लिएर आऊ ।. महात्मा बुद्धको यस्तो कुराबाट ती महिलाले सन्तोषको श्वास फेर्नि र गाउँतिर दौडिन्, जहाँबाट मानिस नमरेको आगोको अगुल्टो ल्याउन सकियोस् । तर गाउँभरी घुम्दा पनि त्यस्तो घर फेला पर्न सकेन । अन्त्यमा हतास भएर ती महिला महात्मा बुद्धको कुटीमा फर्किन् र भनिन्, गाउँमा एउटा पनि त्यस्तो घर फेला परेन जहाँ कसैको मरन नभएको होस् । जवाफमा बुद्धले भने–अब त बुझ्यौ होली यस्तो विपत्ति तिमीमा मात्र आएको होइन । संसारको चलन नै यही छ कि यहाँ आएपछि जो पनि जानुपर्दछ । तर बाँचेकाहरूले धैर्यतापूर्वक यस्तो दुखद् क्षणलाई सहनुपर्दछ ।.
जब एक महिला छोराको लास बोकेर बुद्धको सामु गइन्…
मूलखबर संवाददाता
काठमाडौं, ३१ भदाै
गौतमी नामक एउटी महिलाको एक्लो छारो मर्याे । ऊ शोकले ब्याकुल भएर रुँदै छोराको लास बोकेर महात्मा बुद्धको सामुन्ने गइन् । बुद्धको चरणमा छोराको लास राखेर विन्ती गरिन्, जसरी हुन्छ मेरो छोरालाई जीवित बनाइदिनुहोस् । कुनै त्यस्तो मन्त्र पढिदिनुहोस् ताकि मेरो छोरो उठोस् । महात्मा बुद्धले ती महिलाप्रति सहानुभूति देखाउँदै भने, गौतमी शोक नगर । म तिम्रो मरेको छोरोलाई जीवित बनाइदिनेछु । तर त्यसका निम्ति तिमी गाउँमा जाऊ र अहिलेसम्म मानिस नमरेको घरबाट एउटा आगाको अगुल्टो लिएर आऊ ।
महात्मा बुद्धको यस्तो कुराबाट ती महिलाले सन्तोषको श्वास फेर्नि र गाउँतिर दौडिन्, जहाँबाट मानिस नमरेको आगोको अगुल्टो ल्याउन सकियोस् । तर गाउँभरी घुम्दा पनि त्यस्तो घर फेला पर्न सकेन । अन्त्यमा हतास भएर ती महिला महात्मा बुद्धको कुटीमा फर्किन् र भनिन्, गाउँमा एउटा पनि त्यस्तो घर फेला परेन जहाँ कसैको मरन नभएको होस् । जवाफमा बुद्धले भने–अब त बुझ्यौ होली यस्तो विपत्ति तिमीमा मात्र आएको होइन । संसारको चलन नै यही छ कि यहाँ आएपछि जो पनि जानुपर्दछ । तर बाँचेकाहरूले धैर्यतापूर्वक यस्तो दुखद् क्षणलाई सहनुपर्दछ ।