सातौं राष्ट्रिय विज्ञान दिवस भव्य रुपमा मनाईने, यस्तो छ तयारी

मूलखबर संवाददाता
काठमाडौं, भदौ

सातौं राष्ट्रिय विज्ञान दिवस मनाउन गठित मुल आयोजक समिति र उपसमितिहरुको आज सयुक्त बैंठक बसेको छ । मुल आयोजक समितिका अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले विज्ञान दिवशको मनाउन गरिएका कामहरुको बिषयमा समिक्षा र थप तयारीका लागी छलफल गरेको थियो ।

बैंठकमा सहभागीहरुले विज्ञान दिवशका बिषयमा आ–आफ्नो भनाई राखेका थिए । यसअघि सरकारी निकायले मात्रैं यो दिवश मनाउदैं आएको भएपनि यसबर्षदेखी पहिलो पटक सरकारी, अर्धसरकारी, बिभिन्न संघ÷संस्था, अनुसन्धान प्रयोगशालाहरु लगायतका निकायहरुसंगको सहकार्यमा सामुहिक रुपमा यो दिवश भव्यताका साथ मनाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा गृह, भृकुटी मण्डपमा हुने विज्ञान दिवशको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । विज्ञान दिवशका दिन विज्ञान, प्रविधि तथा नव–प्रर्वतन सम्वन्धि वृत्तचित्र प्रस्तुती गरिने भएको छ भने भ्mभचनष्लनत्भअजलययिनथ सम्बन्धी युवा वैज्ञानिकहरुको पनि प्रस्तुती रहने सहसचिव सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयबाट विज्ञान विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने १४ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । यस्तैं लामो समयदेखी विज्ञान क्षेत्रमा कलम चलाउने २ जना पत्रकारलाई उत्कृष्ट विज्ञान पत्रकारिता पुरस्कारबाट पुरस्कृत पनि गरिने भएको छ ।

विज्ञान दिवशको अवसरमा भएको क्याम्पस तथा बिद्यालय स्तरीय चित्रकला, निवन्ध, कविता र हाजिरी जवाफ प्रतियोगिताकम बिजयीहरुलाई पनि विज्ञान दिवश समारोहमा पुरस्कृत गरिने सहसचिव सुवेदीले जानकारी दिनुभयो । विज्ञान दिवशको अवसरमा साप्ताहव्यापी विविध कार्यक्रमहरु भएको थियो । यसबर्षको विज्ञान दिवको नारा “विज्ञान प्रविधि र नव–प्रवर्तन : सामाजिक–आर्थिक रुपान्तरण” रहेको छ ।