सप्तकोशीमा बाढी, खतराको तह पार गर्दै, सतर्कता अपनाउन आग्रह

मूलखबर संवाददाता
काठमाडौं, भदौ

काठमाडौ, ३१ भदौ ।
मनसुन सकिँदै गर्दा देशव्यापी आएको वर्षाले सुनकोशी नदीमा पनि बाढी आएको छ । सुनसरी र सप्तरीमा सप्तकोशी नदीको आधारक्षेत्रमा पानी अत्याधिक परेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
नदीमा पानीको बहाव खतराको सुचीभन्दा माथी जान थालेपछि सप्तकोशी व्यारेजका ढोकाहरु खोल्न प्रशासनले आग्रह गरेको छ ।