
लुक्लाबाट आएका चार हेलिकोप्टर काभ्रेमा धानखेतमा आकस्मिक अवतरण
सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।
मौसममा खराबी आएपछि सिम्रिक एअरका २ वटा, मनाङ एअरको एउटा र कैलाश एअरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले उज्यालोलाई जानकारी दिनुभयो । चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका छन् ।
हेलिकप्टर अवतरण भएको ठाउँमा पुग्नुभएका प्रहरी निरीक्षक रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६र६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए ।
हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको उहाँले जानकारी दिनुभयो । सबै यात्रु सुरक्षित रहेका छन् । मौसममा सुधार आएपछि हेलिकप्टर काठमाण्डौका लागि उड्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
