टेकु अस्पताल भन्छ- डेंगुको उपचार निशुल्क होइन, सस्तोमा

मूलखबर संवाददाता
काठमाडौं, ३० भदौ ।

टेकु अस्पतालमा डेंगुका विरामीको चाप बढेपछि विनियोजन गरिएको वार्षिक बजेट नै सकिएको छ । अस्पतालमा डेंगुका बिरामी बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र यादवले केही समय अगाडि निस्शुल्क परीक्षण गराउन निर्देशन दिएका थिए। तर अस्पतालले निस्शुल्क भन्दा कम शुल्कमा परीक्षण भइरहेको जनाएको छ।

अस्पतालले डेंगु परीक्षणको प्रतिकिट ९५० मा किनेको छ। बिरामीसँग भने परीक्षण शुल्क ५०० प्रतिकिट लिने गरिएको छ। ‘हामीले निस्शुल्क होइन, कम शुल्कमा परीक्षण गर्ने गरेका छौँ। डेंगु परीक्षण किट टेन्डरमार्फत प्रतिकिट ९ सय २० रुपैयाँमा ल्याउने गरेका छौँ, उनले भने, बिरामीसँग ५०० लिने गरेका छौँ।

राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले १७ भदौमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निरीक्षणका क्रममा डेंगुको परीक्षण तथा उपचारका लागि आउने बिरामीसँग शुल्क नलिन निर्देशन दिएका थिए । तर, २ हप्ता बितिसक्दा पनि राज्यमन्त्री यादवले दिएको निर्देशन कार्यान्वयन हुन सकेको छैन। तर अस्पतालमा दिनानु दिन डेंगुका बिरामी बढ्दै गएका छन्। हाल अस्पतालमा दैनिक ६ सयभन्दा बढी बिरामी डेंगु परीक्षण गर्न पुग्ने गरेका छन्। हालकै अवस्थामा अस्पतालले व्ययभार थेग्न नसक्ने भएपछि मन्त्रालयसँग थप बजेटको माग अस्पतालले गरेको बताइएको छ।

हाल दैनिक ६ सय देखि हजार जना सम्म डेंगु परीक्षण गर्न आउनु हुन्छु, उनले भने, बिरामीको दैनिक ७/८ लाख खर्च हुन्छ परीक्षण निःशुल्क गर्न थालियो भने अस्पतालको वार्षिक बजेट एक महिनामै सकिन्छ।’