‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’ नेपालको हितमा छ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, २८ भदाै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’ नेपालको हितमा भएको बताउनुभएको छ । नेपालको चिनसँगको सम्वन्धबारे विभिन्न टिप्प्णीहरु आइरहेका बेला प्रचण्डले सो धारणा सार्वजनीक गर्नुभएको हो । सो परियोजनामा नेपालका सबै राजनीतिक दलहरुको साथ रहेको पनि अध्यक्ष प्रचण्डको विश्वास थियो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दावी बताउनुभएको छ । छिमेकी मुलुक भारत र चीनसहित अन्तराष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । कानुन निर्माणका दृष्टिले पनि सरकारको प्रयासलाई विरोध गर्न मिल्ने अवस्था नरहेको पनि अध्यक्ष दाहालको भनाई छ ।

बुद्धिजिवी संगठन केन्द्रीय समितिको आयोजनामा आईतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको दिशामा पनि संवैधानिक प्रश्न नउठने गरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले जनताले अपेक्षा अनुसार काम सरकारले गर्न नसकेको पनि स्पष्ट पार्नुभयोे ।

अध्यक्ष प्रचण्डले चीनले अघि सारेको ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’ परियोजना नेपालको हितमा रहेकाले त्यसमा नेपाल सरकारले साथ दिएको पनि स्पष्ट पार्नु भयो ।