अंगिकृत नागरिकको सन्तानलाई ७ पुस्तापछि मात्रै बंशज नागरिक दिन सांसदको माग

मूलखबर संवाददाता
काठमाडौं, २५ भदौ ।

अंगिकृत नागरिकको सन्तानले कसरी र कहिले बंशज नागरिकता प्राप्त गर्ने भन्ने विषयमा संसदमा बहस प्रवेश भएको छ । बुधबार राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफलेमा सहभागि हुँदै सांसदहरुले बहसमा भाग लिएका हुन् ।

सांसद झपट रावलले अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रस्ताव गरेका छन् । उनले वैवाहिक अंगीकृत नागरिकता भने नेपालमा विवाह गरेर आएको १० देखि १५ वर्षपछिमात्रै दिनुपर्ने बताए ।

वैवाहित अंगीकृत नागरिकता विवाह गरेर आएको र नेपालमा लगातार १० देखि १५ वर्ष बसेकालाई मात्रै दिनुपर्छ र अंगीकृत नागरिकका सन्तानलाई ५ देखि ७ पुस्ता नेपालै बसेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रवधान राख्नुपर्छ’ उनले भने ।

त्यस्तै सांसद प्रेम सुवालले पनि अंगीकृत नागरिकता लिनेको सन्तानलाई अंगीकृत नागरिकता नै दिनुपर्ने र १५ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताए ।